बैंकिङ अबर । सुनवल–४, नवलपरासीमा केन्द्रीय कार्यालय रहेको त्रिलोक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६।७७ को पहिलो त्रैमासमा आकर्षक प्रगती गरेको छ । गत वर्षको असोज मसान्तमा १४ लाख रुपैयाँ घाटामा रहेको संस्थाले यस वर्षको सोही अवधिमा ७० लाख रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले यस अवधिमा १८ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरी ७७ करोड तीन लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी ४६.२० रहेको त्रिलोकको निष्कृय कर्जा शुन्य रहेको छ ।
(रु.हजारमा)
विवरण | आर्थिक वर्ष २०७६।७७ पहिलो त्रैमास |
आर्थिक वर्ष २०७५।७६ पहिलो त्रैमास |
चुक्ता पुँजी | ६०९५२.५० | ३०१०० |
जगेडा कोष | ११४२१.५७ | (७२००.३६) |
निक्षेप | १८१७८०.८२ | ३२११५.४६ |
कर्जा सापटी | ५५९८३७.६१ | १९५८३५.४३ |
कर्जा लगानी | ७७०९१४.११ | २३३०३४.१२ |
खुद नाफा | ७०४१.४५ | (१४५२.९५) |
निष्कृय कर्जा | ०.०० | ०.०० |