October 25th, 2019

त्रिलोक लघुवित्तको आकर्षक प्रगति : ७० लाख नाफा, निष्कृय कर्जा शून्य

बैंकिङ अबर । सुनवल–४, नवलपरासीमा केन्द्रीय कार्यालय रहेको त्रिलोक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६।७७ को पहिलो त्रैमासमा आकर्षक प्रगती गरेको छ । गत वर्षको असोज मसान्तमा १४ लाख रुपैयाँ घाटामा रहेको संस्थाले यस वर्षको सोही अवधिमा ७० लाख रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले यस अवधिमा १८ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरी ७७ करोड तीन लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी ४६.२० रहेको त्रिलोकको निष्कृय कर्जा शुन्य रहेको छ ।
                                                                                          (रु.हजारमा)

विवरण आर्थिक वर्ष २०७६।७७
पहिलो त्रैमास
आर्थिक वर्ष २०७५।७६
पहिलो त्रैमास
चुक्ता पुँजी ६०९५२.५०  ३०१००
जगेडा कोष ११४२१.५७ (७२००.३६)
निक्षेप १८१७८०.८२  ३२११५.४६
कर्जा सापटी ५५९८३७.६१ १९५८३५.४३
कर्जा लगानी ७७०९१४.११ २३३०३४.१२
खुद नाफा ७०४१.४५ (१४५२.९५)
निष्कृय कर्जा ०.००  ०.००


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]