October 25th, 2019

भारतमा बैंकका सीईओले कति कमाउँछन् ?

बैंकिङ खबर । नेपालका बैंकहरुले सीईओलाई दिने तलब वार्षिक रुपमा बढिमा दुई करोडको हाराहारीमा छ । नेपालमा सबैभन्दा धेरै तलब भएको पदमा बैंकको सीईओ पर्छ । विश्वव्यापी रुपमै पनि बैंकका सीईओको तलब निकै आकर्षक हुन्छ । भारतका बैंकहरुले सीईओलाई कति पारिश्रमिक दिन्छन् त?

भारतको एचडीएफसी बैंकका मेनेजिङ डाइरेक्टर आदित्य पुरी सबैभन्दा धेरै तलब पाउने बैंकरमा पर्छन् । उनले मासिक ८९ लाख रुपिया तलब लिन्छन् । विगत २५ वर्षदेखि उनी सो बैंकमा कार्यरत छन् । एक्सिस बैंकका सीईओ अमिताभ चौधरीको तलब मासिक ३० लाख रुपिया छ भने कोटाक महिन्द्रा बैंकका सीईओ उदय कोटकको मासिक तलब २७ लाख रुपिया छ ।

चौथो नम्बरमा आईसीसी बैंककी चन्दा कोछार छिन् । उनले मासिक २६ लाख तलब लिन्थिन् । हालै उनी बैंकबाट बाहिरिएकी छिन् । उनको ठाउँमा नियुक्त भएका सन्दिप बक्सी सूचिको पाचौँ स्थानमा छन्, जसले २२ लाख प्रतिमहिना पारिश्रमिक लिन्छन् । इन्दुस्ल्यान्ड बैंकका रमेश सोब्टीको तलब मासिक १६ लाख रुपिया रहेको छ । उनी भारतका highest paid सीईओको लिष्टको छैटौँमा छन् ।

यसबाहेक सीईओहरुको बैंकको वार्षिक मुनाफाका आधारमा बोनस पनि पाउँछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]