October 21st, 2019

एन आई सी एशिया बैंक र सस्तो टिकेटस् प्रा.लि. बीच सम्झौता

बैंकिङ खबर । एन आई सी एशिया बैंक लिमिटेड र सस्तो टिकेटस् प्रा. लि.बीच एन आई सी एशिया बैंकको डिजिटल च्यानल मार्फत् सस्तो टिकेटस्का ग्राहकहरुले हवाई टिकट तथा होटल बुक गरी सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरुले एन आई सी एशियाको मोबाइल बैकिङ्ग लगायत एन सी एच एल–कनेक्ट आईपीएस र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ्ग अनलाईन मार्फत् भुक्तानी गर्न सक्नेछन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सस्तो टिकेटस् प्रा. लि.को तर्फबाट अध्यक्ष सम्राट दाहालले हस्ताक्षर गर्नुभयो ।

हालसम्म यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८० एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]