September 16th, 2019

नेपाली संगीतका व्यक्तित्वको सम्मानार्थ लक्ष्मी बैंक र लक्ष्मी केयर्सद्धारा कार्यक्रमको आयोजना

बैंकिङ खबर । लक्ष्मी बैंक र लक्ष्मी केयर्सले संयुक्त रुपमा नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगितीक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगितीक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाली गीत, संगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवं संगीतकारहरुको उपस्थिति रहेको थियो । कोष स्थापनाको लागि आयोजना गरिएको यस कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुईवटा स्थानहरुलागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने छ । यी विद्युतीय गाडीको प्रयोग बृद्ध एवं शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि निःशुल्क रुपमा प्रयोग गरिने छ । कार्यक्रम सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको थियो । यस कार्यक्रमसँगै अब लक्ष्मी केयर्सले वार्षिक शृंखलाको रुपमा यस्तो कार्यक्रम संचालन गर्नेछ ।

के हो लक्ष्मी केयर
लक्ष्मी केयर गत १४ वर्षदेखि निरन्तर रुपमा लक्ष्मी बैंकका कर्मचारीहरुले सञ्चालन गर्दै आएको एक सामाजिक संस्था हो । यसले आफ्नो स्थापनावर्षदेखि ग्रिन इनिसिएटिभ, नारी शिक्षा तथा वित्तीय साक्षरता जस्ता क्षेत्रहरुमा सक्रीय रुपमा कार्य गर्दै आइरहेको छ । यस संस्था अन्तर्गत लक्ष्मी केयरले गढीमाई मन्दिर, चण्डेश्वरी मन्दिर, पाटन दरबार क्षेत्र, बागमती पुल, सिहंदरबार तथा विभिन्न स्थानहरुमा सौर्य बत्तिहरुको जडान समेत गरेको छ । पशुपतिनाथ मन्दिरमा इलेक्ट्रीक गाडीको व्यवस्था समेत गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]