August 13th, 2019

ग्रामीण विकास लघुवित्तद्धारा विभिन्न प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्न

बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको प्रधान कार्यालय, बुटवल, रुपन्देहीमा साउन २८ गते सञ्चालन गरेको रक्तदान कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की सहित २७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रक्त सञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोग रहेको थियो ।

प्रदेश नं.२ को जनकपुरधाममा संस्थाको क्षेत्रीय कार्यालय जनकपुरको आयोजनामा साउन २४ गते सञ्चालन भएको रक्तदान कार्यक्रममा २० जना कर्मचारीहरूले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र, जनकपुरधामको प्राविधिक सहयोग रहेको थियो ।

त्यस्तै, सुदूर पश्चिम प्रदेशको धनगढी, कैलालीमा संस्थाको क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा साउन २२ गते सञ्चालन भएको रक्तदान कार्यक्रममा ११ जना कर्मचारीहरूले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र, धनगढी, कैलालीको प्राविधिक सहयोग रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]