July 30th, 2019

त्रिलोक लघुवित्तको लोभलाग्दो प्रगति, नाफा एक करोडमाथि

बैंकिङ खबर । सुनवल–४, नवलपरासीमा केन्द्रीय कार्यालय रहेको त्रिलोक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ मा लोभलाग्दो प्रगती देखाएको छ ।

संस्थाले आ.व.२०७५/७६ को चौथो त्रैमाससम्ममा १४ करोड ११ लाख निक्षेप संकलन गरी ६५ करोड ४१ लाख कर्जा प्रवाह गरेको छ । संस्थाले गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा बचत संकलनमा ११७० प्रतिशत र कर्जामा ५९२ प्रतिशतले बृद्धि गरेको हो ।

संस्थाले यस आर्थिक वर्षमा एक करोड चार लाख रुपैंया खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोहि अवधिमा संस्था ५७ लाख घाटामा थियो ।
संस्थाको प्रतिशेयर आम्दानी १७.१७ र निष्कृय कर्जा शुन्य रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]