July 23rd, 2019

पुँजी नपुर्याउने बीमा कम्पनीलाई सातदिने अल्टीमेटम

बैंकिङ खबर । बीमा समितिले पुँजी पुराउन नसकेका बीमा कम्पनीहरुलाई सात दिन भित्रमा स्पष्टिकरण मागेको छ । समितिले सो को कारण पेश गर्न ७ दिने अल्टीमेटम तोकेको हो । सोमबार बसेको बीमा समिति सञ्चालक समिति बैठकले पूँजी नजुटाउने बीमा कम्पनीहरुलाई बीमा ऐन २०४९ अनुसार सहित लिखित स्पस्टिकरण पेश गर्न निर्देशन दिने निर्णय गरेको हो । हाल सूर्या लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थान, एनएलसी इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, प्रुडेन्सियल, लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी पुगेको छैन । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]