July 16th, 2019

मर्जरपछि बैंक संचालकको संख्या बढाउन सकिँदैन : राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले मर्जरपछि बैंक संचालकको संख्या बढाउन नसकिने बताएको छ । बैंकर्स संघले असार १७ गते मर्जर तथा एक्वायरका सम्बन्धमा पठाएको ६ बुँदे मागपत्रमा उल्लिखत मर्जरमा जाने संस्थाको सञ्चालक समितिको संख्या बढाएर ११ जना पुर्याउनुपर्ने माग सम्बोधन नहुने भएको हो ।

मागपत्रको ३ नम्बर बुँदामा भनिएको छ ‘मर्जर एक्विजिशन पश्चात सञ्चालक समितिमा समन्वय मिलाउनका लागि सञ्चालक समितिको संख्या बढाएर कम्पनी ऐन बमोजिम ११ जना राख्न पाउने तथा ती सञ्चालकहरुलाई बैंकको अर्को साधारणसभा नभएसम्म निरन्तरता दिन पाउनु पर्ने ।’

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३(वाफिया) मा बैंक संचालक समितिमा ७ जना मात्रै रहन पाउने व्यवस्था छ । बैंकर्सको माग पूरा गर्न वाफिया नै संशोधन गर्नुपर्ने हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]