May 24th, 2019

लघुवित्तमा सुरु भयो मर्जरको लहर, कुनकुनले गरे सहमति ?

बैंकिङ खबर । कुल ९१ वटा लघुवित्त वित्तीय संस्था संचालनमा रहेकोमा राष्ट्रिय स्तरको कारोबार गर्ने लघुवित्तको संख्या ४० पुगेको छ । केही लघुवित्त राष्ट्र बैंकको निर्देशनअनुसार चुक्तापुँजी बढाएर हालै क्षेत्रीय स्तरबाट राष्ट्रिय स्तरमा गएका छन् भने केहीले भर्खरै राष्ट्रिय स्तरको कारोबार गर्ने इजाजत लिएका छन् । गत वर्ष मात्रै राष्ट्रिय र क्षेत्रीय स्तरका गरी कुल २८ वटा लघुवित्तले संचालन अनुमति पाएका छन् भने केही लघुवित्त अझै पनि अनुमति पाउने क्रममा रहेका छन् । यद्यपि, लघुवित्तको संख्या अब घट्ने क्रममा रहेको छ ।

कार्यक्षेत्र विस्तार गर्न र चुक्तापुँजी बढाउनका लागि लघुवित्तहरु धमाधम मर्जरको सम्झौता गरिरहेका छन् । एनआरएन लघुवित्तसँग रामारोशन लघुवित्त र क्रिएटिभ माइक्रोफाइनान्स गाभिन लागेका छन् । किसान माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स र नागबेली लघुवित्त पनि गाभिँदै छन् । त्यस्तै, वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्त पनि गाभिँदै छन् । साधना लघुवित्त र आर्थिक समृद्धि लघुवित्तले पनि गाभिने प्रक्रिया अघि बढाएका छन् । जनसेवी लघुवित्त र कालिका माइक्रोफाइनान्स पनि गाभिन लागेका छन् । अन्य केही लघुवित्तहरु पनि मर्जरका जानका लागि उपयुक्त संस्थाको खोजीमा रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]