June 11th, 2016

हङकङबाट सिंगापूरतिर सर्दै चिनको वित्तीय तथा अफसोर युआन केन्द्र

झाङ जिङ्वी-
yuanविगत दुई वर्षको अवधिमा चीनले रुटमा रहने मुलुकहरूसँग आपसी विश्वासको निर्माण र समन्वयको माध्यमबाट ‘बेल्ट एन्ड रोड’लाई प्रवद्र्धन गर्ने प्रयास गर्दै आएको छ । यो चिनियाँ चासोले क्षेत्रीय व्यापार र पूर्वाधारलाई सकारात्मक प्रभाव पार्ने विषय धेरैभन्दा धेरै मुलुक र क्षेत्रले महशूस गर्दै आएका छन् । केही मुलुकले चिनियाँ व्यवसाय र बैंकहरूसँग महत्वपूर्ण समन्वय गर्दै आएका छन् । यीमध्येको एक सिंगापुर पनि हो ।

अप्रिल २५ मा चीनको दोस्रो ठूलो वाणिज्य बैंक चाइना कन्स्ट्रक्सन बैंक (सीसीबी) ले इन्टरनेसनल इन्टरप्राइज सिंगापुरसँग समझदारीपत्रमा हस्ताक्षर गर्यो । यो समझदारीपत्रअनुसार सीसीबीले दक्षिणपूर्वी एसियामा बेल्ट एन्ड रोड पूर्वाधार आयोजनामा आबद्ध भएका सिंगापुर चीनका फर्महरूलाई समर्थन गर्न २२.२ अर्ब डलरको वित्तीय सहयोग उपलब्ध गराउनेछ । एमओयूअनुसार सीसीबीले परियोजनागत लगानी उपलब्ध गराउन र सान्दर्भिक पेसागत सेवा उपलब्ध गराउन सिंगापुरमा केन्द्र स्थापनाको खोजी गर्नेछ । यो सीसीबीका लागि चीनबाहिरको पहिलो केन्द्र हुनेछ । सोही दिन सीसीबीले सिंगापुर एक्सचेन्जसँग अर्को एमओयूमा हस्ताक्षर गर्यो । यसको उद्देश्य थियो, चिनियाँ कम्पनीहरूलाई सिंगापुरमा सूचीकृत गर्नु । यसले अफसोर युआन अंकित बोन्ड जारी गर्ने अवसरलाई महत्व दिने उद्देश्य पनि लिएको थियो । यसले मर्जर र एक्विजिसन सञ्चालन गर्ने र सिंगापुरमा सीमापार सम्पत्ति व्यवस्थापन सेवाको स्थापना गर्ने उद्देश्य समेत लिएको छ ।

सिंगापुर ठूलो वित्तीय र सिपिङ केन्द्रका साथै चीन बाहिरको सबैभन्दा ठूलो ‘अफसोर युआन’ केन्द्र पनि हो । पिपुल्स डेलीले सन् २०१६ को अप्रिलमा चीनका लागि सिंगापुरका राजदूत लुओ जियालिङलाई उदृत गर्दै सम्प्रेषण गरेको समाचारअनुसार २०१५ मा चीनको वाणिज्य मन्त्रालयका तथ्यांकलाई बेल्ट एन्ड रोडका मुलुकहरूले चिनियाँ फर्महरूबाट प्राप्त गरेको प्रत्यक्ष वैदेशिक लगानीको ठूलो हिस्सा सिंगापुरमा गएको बताएका छन् । राजदूतका अनुसार चिनियाँ फर्महरूले सिंगापुरलाई वित्तीय प्लेटफर्मका रूपमा परिचित गराएकै कारण यसो हुन गएको हो । पुँजी सिंगापुर आएपछि मात्रै दक्षिणपूर्वी एसियाली राष्ट्रहरूतर्फ जाने गरेको छ । लुओका अनुसार वित्तीय, कानुनी र परामर्शदातृ सेवा लगायतका ‘वन स्टप’ सेवा सिंगापुरले प्रस्ताव गर्दै आएको छ, जसले यसलाई अझै विश्वासिलो बनाएको छ । वित्त, लगानी र व्यवस्थापनमा रहेको सिंगापुरको लाभले चिनियाँ फर्महरूलाई आगामी दिनमा अन्तरराष्ट्रिय बजारमा व्यापक पहुँचका लागि सहयोग गर्नेछ ।

सीसीबीका अनुसार २०१५ को अन्त्यसम्ममा बैंकले रुटमा रहेका मुलुकहरूलाई १६ ‘बेल्ट एन्ड रोड’ आयोजनालाई वित्तीय सेवा उपलब्ध गराइसकेको छ । व्यापार, पेट्रोलियम, निर्माण र दूरसञ्चारलगायतका क्षेत्रमा उसले ४.३५ अर्बको करार गरेको छ । एमओयू पूर्वाधार आयोजनालाई सहयोग गर्ने किसिमबाट आएसँगै सिंगापुरका व्यवसायले सीसीबीको विदेशमा रहेको २५ मुलुक र क्षेत्रको बजार नेटवर्कको माध्यमबाट भावी दिनमा लाभ लिन सक्छन् ।

राम्रो कुन : सिंगापूर या हङकङ ?
यसको तुलनामा हङकङ, बेल्ट एन्ड रोडको चासोमा सहभागिता जनाउनबाट पछाडि परेको जस्तो देखिएको छ । हङकङ चीनकै ठूलो वित्तीय केन्द्र र विश्वकै ठूलो अफसोर युआन केन्द्र हो । उच्च खुला अर्थतन्त्रका कारण हङकङले केही निश्चित लाभ लिँदै आएको छ (जस्तै अन्तरराष्ट्रिय व्यापारिक नेटवर्क, अन्तरराष्ट्रिय मूल्य–मान्यताको लाइनको कानुनी प्रणाली र केन्द्र सरकारको नीति समर्थन) । चीनको १३ औं पञ्चवर्षीय योजनाले बेल्ट एन्ड रोड चासोको निर्माणमा हङकङको सहभागितालाई समर्थन गर्ने उल्लेख गरेको छ । यो दृष्टिकोणबाट सिंगापुरको दाँजोमा हङकङ राम्रो अवस्थामा छ । तर, केही निश्चित आर्थिक, राजनीतिक र सांस्कृतिक तत्वका कारण हङकङ र चीनबीचको व्यापारिक सम्बन्धमा भावनात्मक बन्धन कायम गरेको छ ।

‘बेल्ट एन्ड रोड’मा सहभागिता जनाउने भन्ने विषयमा हङकङमा भएको समग्र छलफलका बाबजुद नतिजा निराशाजनक छ । हङकङले ‘बेल्ट एन्ड रोड’को चासो चीनको भाग्यसँग सम्बन्धित भएको कुरा महसुस गर्नुपर्नेछ । केन्द्रीय सरकार यो चासोप्रति गम्भीर रूपमा प्रतिबद्ध छ र सहभागी मुलुकहरूसँग वित्त, यातायात र लजिस्टिक तथा सांस्कृतिक, सञ्चारलगायतका क्षेत्रमा समन्वय स्थापित गर्न चाहन्छ । ताइवानका लागि पनि यसले मुख्यभूमिसँग संवेदनशील राजनीतिक सम्बन्ध आदान–प्रदान गर्ने इच्छा व्यक्त गरिएको छ । ताइवानका कतिपय वित्तीय संस्था र व्यवसाय बेल्ट एन्ड रोडको चास्नी चाख्नका लागि लालायित छन् ।

केन्द्र सरकारले हङकङप्रति अझै ठूलो आशा पाल्दै आएको छ । तर, एउटा टोकरीमा आफ्ना सबै अन्डा राख्ने सम्भावना कम देखिन्छ । हङकङको भविष्यका लागि उसले आफ्ना जनतामाझ समझदारीको अवस्था स्थापित गर्नुपर्छ । राजनीतिक मतभेदलाई थाति राख्नुपर्छ र बेल्ट एन्ड रोडमा सहभागी हुनका लागि विस्तृत योजना निर्माण गर्नुपर्छ । यदि हङकङले यस्तो प्रयास गर्दैन भने उसको भविष्य अनिश्चित हुन सक्छ । ‘बेल्ट एन्ड रोड’मा सिंगापुर र चिनियाँ स्वदेशी वाणिज्य बैंकहरूबीच भएको समन्वयले धेरैभन्दा धेरै मुलुकले कदम उठाउन थालेको देखाएको छ । हङकङले यसबाट सिक्नुपर्छ र बेल्ट एन्ड रोड चासोमा आबद्ध हुनका लागि पूर्ण सम्भाव्यताको खोजी गर्नुपर्छ र भावी विकासको ग्यारेन्टी गर्नुपर्छ । ग्लोबल टाइम्सबाट