June 9th, 2016

विज्ञहरुको ठहर : ‘बाफियाले बैंकिङ क्षेत्र धराशायी गर्दैछ’ 

bahasबैंक तथा वित्तीय क्षेत्रका विज्ञहरुले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को संशोधन विधेयक जस्ताको त्यस्तै पारित भए यसले वित्तीय क्षेत्र संकटतर्फ धकेलिने दाबी गरेका छन् । विगतका नराम्रा घट्नाहरु दोहोरिने र बैंक तथा वित्तीय संस्थाहरुमा अराजकता बढ्न सक्ने उनीहरुको भनाई छ । राष्ट्र बैंकका पूर्व गभर्नर डाक्टर तिलक रावलले आफु सांसद हुँदा नै बैंकका संचालक समेत रहेका केही सांसदहरुले बाफियालाई आफुअनुकुल बनाउन निकै प्रयास गरेको भएपनि त्यतिबेला सफल हुन नसकेकाहरु अहिले आएर सफल भएको बताए । ‘त्यतिबेला मैले त्यसो गर्न नदिन विशेष भूमिका खेलेको थिएँ’ उनले भने, ‘तर अहिले आएर त्यही कुरा उनीहरुले अर्थ समितिबाट पारित गराएका छन् ।’

tilak rawalउनले यही परिस्थितीलाई नियन्त्रण गर्ने हेतुले बाफिया संशोधनको प्रक्रिया अघि बढाइएको जिकिर गरे । ‘गलत ठाउँमा लगानी बढाउँदा तरलता संकट निम्तियो र निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसक्ने अवस्थामा बैंक पुगे ।’ उनले भने, ‘नियन्त्रण र सन्तुलन मिलाउने, बैंकर र व्यवसायी छुट्याउने र लामो नियमन अनुभवबाट सिकेका कुरालाई कार्यान्वयन गर्ने गरी विधेयक तयार गरिएको हो, अहिले तिनै विषय विवादित भए र त्यसको विरुद्धमा कानुन बनाउन खोजिएको छ, त्यसरी कानुन पास भए वित्तीय प्रणालीमा समस्या आउँछ ।’

dipendra b chhetriसुशासनसम्बन्धी विगतमा देखिएका नराम्रा घटना दोहोरिन सक्ने दाबी गर्दै राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘यसले विगतमा राष्ट्र बैंकको नियमनसँग हार खाएका गलत व्यक्तिलाई पुनः गैरकानुनी काममा आकर्षित गर्न सक्छ ।’ उनले बाफिया अहिलेकै अवस्थामा पारित भए त्यसले बैंक तथा वित्तीय क्षेत्रमा अराजकता बढाउन सक्ने तर्फ सचेत हुनुपर्ने औँल्याए ।

bhaskar-mani-gyawali

 

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीले ६/७ वर्षअघि बैंक तथा वित्तीय संस्थाले घरजग्गा, शेयर र कृत्रिम व्यवसायमा लगानी गरी वित्तीय प्रणाली नै समस्याग्रस्त अवस्थामा पुगेको सम्झना दिलाए । उनले गलत ठाउँमा लगानी बढाउँदा तरलता संकट निम्तिएको र निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसक्ने अवस्थामा बैंक पुगेको कुरा भुल्न नहुने बताए । ‘यही परिस्थितिलाई नियन्त्रण गर्ने हेतुले बाफिया संशोधनको प्रक्रिया अघि बढाइएको हो ।’ उनले भने ‘नियन्त्रण र सन्तुलन मिलाउने, बैंकर र व्यवसायी छुट्याउने र लामो नियमन अनुभवबाट सिकेका कुरालाई कार्यान्वयन गर्ने गरी विधेयक तयार गरिएको हो, अहिले तिनै विषय विवादित भए र त्यसको विरुद्धमा कानुन बनाउन खोजिएको छ, त्यसरी कानुन पास भए वित्तीय प्रणालीमा समस्या आउँछ ।’

विज्ञहरुको अनुसार अहिले कार्यान्वयन भएका विषयलाई पनि ऐनले उल्ट्याएर पछाडि फर्किएको र यसले भविष्यमा पुराना समस्या बल्झाउने सम्भावना रहन्छ । व्यवस्थापिका संसद्को अर्थ समितिद्धारा गठित अध्ययन उपसमितिले बाफियाबारे दफावार छलफल सकेर संवैधानिक पदमा भएका व्यक्ति सञ्चालक बन्न नपाउने, बैंकसँग वित्तीय कारोबार गर्ने कुनै कम्पनीमा ५० प्रतिशतभन्दा बढी लगानी भएका व्यक्ति सञ्चालक बन्न नपाउने र लगातार दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्थालाई उल्ट्याएको थियो ।