February 13th, 2019

राष्ट्र बैंक भन्छ, आर्थिक वर्षको ६ महिनामा विदेशी विनिमय सञ्चिति घट्यो

बैंकिङ खबर। कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा पुष मसान्तमा आइपुग्दा १० खर्ब ५८ अर्ब २० करोड रुपैयाँमा झरेको छ ।  अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेको थियो । पुष मसान्तमा अमेरिकी डलर सञ्चिति पनि घटेर ९ अर्ब ४१ करोड रहेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा मात्र रहेको सञ्चिति असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रुपैयाँ रहेको थियो । तर पुष्ष मसान्तमा यस्तो सञ्चिति घटेर ९ खर्ब १९ अर्ब ५७ करोड रहेको छ ।

 बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड थियो भने छ महिनामा बढेर १ खर्ब ३८ अर्ब ६३ करोड पुगेको छ । पुष मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव ५ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]