बैंकिङ खबर । एनआईसी एशिया बैंकले पुस नौ गते इटहरी उप–महानगरपालिका वडा नं ५,सुनसरीस्थित पचरुखी नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले गरे ।
हाल बैंकको २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको वासलातको आकार २११ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथाकर्जा रू. १४५ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफल भइसकेको छ ।
हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप नयाँ शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।