यसअघि नै मौद्रिक नीति आउने बेलामा विग मर्जको चर्चा चलेको थियो । तर त्यतिबेला नेपाल राष्ट्र बैंकले मर्जको विषयलाइ प्राथमिकता राख्यो तर विग मर्जको एजेण्डा समाबेस गरेरन त्यति बेला विग मर्जर चर्चामा मात्रै सिमित भयो । तर पछिल्लो समय नेपालमा लगानीयोग्य तरलताको चरम अभाव सिर्जना भएपछि आईएमएफले तरतला संकटको लागि बैंकहरुको पुँजी बृद्धि गर्न सुझाव दिएको छ ।
अन्य देशको तुलना नेपालका वाणिज्य बैंकहरुको पुँजी अझै पनि थोरै रहेका राष्ट्र बैंक उच्च अधिकारी तथा बैकिङ क्षेत्रका विज्ञहरुले बताउने गरेका छन् । त्यस्तै, वाणिज्य बैंकहरुको संख्या घटाउनुपर्ने बहसहरु पनि चल्ने गरेका छन् । पु्ँजीवृद्धिको योजना मार्फत राष्ट्र बैंकले यसको सुरुवात गरेको थियो । यद्यपि, विकास बैंक र वित्त कम्पनीको संख्या उल्लेख्य रुपमा घटे पनि वाणिज्य बैंकहरु घटेनन् । तसर्थ, नेपाल राष्ट्र बैंकले कुनै पनि बेला पुनः पुुँजी बृद्धि सहितको विग मर्जको योजना ल्याउनेतर्फ सर्तक रहँदै आगामी साधारणसभाबाट नै बैंकहरुले संचालक समितिलाई मर्जर तथा प्राप्तिको लागि बाटो खुल्ला गर्न लागेको हुन् कि भन्ने भान हुन थालेको छ ।
मर्जरका लागि बाटो खुला गर्न लागेका बैंकहरु
नेपाल इन्भेष्टमेन्ट बैंक
निजि क्षेत्रको बैंकमा सबैभन्दा धेरै चुक्ता पुँजी रहेको तथा मुनाफा आर्जनमा पनि अगाडी नै रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले उपयूक्त बैंकहरुबाट मर्जर अथवा प्राप्तीको गर्नको लागी संचालक समितिलाई अधिकार दिन विषेश प्रस्ताव सहित आगामी पुष २९ गते साधारणसभा बोलाएको छ ।
माछापूच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले मर्जर÷प्राप्तीलाई मूख्य एजेण्डा बनाएर २०औँ वार्षिक साधारणसभा डाकेको छ । पुस २० गते विहान हुने साधारणसभामा बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्नेरगाभिने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्ने र सो सम्बन्धि आवश्यक निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव राखिएको छ ।
ग्लोबल आईएमई बैंक
ग्लोबल आइएमई बैंकको वार्षिक साधारण सभा पुस २७ गते बस्दैछ । साधारणसभामा बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव लग्दैछ ।