December 11th, 2018

लघुवित्तमा फण्डको दीर्घकालीन समाधानका चार उपाय 

पर्वत कुमार कार्की । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जा भनेर कमर्सियल बैंकहरुलाई ५ प्रतिशत होलसेल कर्जा लगानी गर्न भनेको थियो । फेरि अहिले आएर १० लाखसम्मको कर्जालाई विपन्न वर्गमा गणना हुन्छ भनेको छ । कर्मसियल बैंकहरु गाउँपलिकामा पुगेका छन् । गाउँको लागि १० लाख ठुलो कर्जा हो । कमर्सियल बैंकहरुले ग्रामीण भेगमा धेरैको संख्यामा १० लाखभन्दा सानो कर्जा लगानी गरेका छन् । बैंहरुले अहिले यस्तो सानो किसिमको कर्जालाई थोक कर्जाको ५ प्रतिशतको सिमा भित्र गणना गर्न थालेका छन् । त्यसले गर्दा माइक्रोफाइनान्सले पाउने फण्डमा संकुचन आइरहेको छ । 

माइक्रोक्रेडिट विजनेसमा माइक्रोफाइनान्स मात्र
यदि राष्ट्र बैंकले कर्मसियल बैंकलाई पनि माइक्रोक्रेडिटको विजनेसमा फोकस गर भन्ने हो भने माइक्रोफइनान्सलाई कार्यक्रम संचालन गर्न कठिन छ । त्यसैले राष्ट्र बैंकले यसमा ध्यान दिन आवाश्यक छ । कमर्सियल बैंक भनेको कमर्सियल नै हो । माइक्रोक्रेडिटको लागि त माइक्रोफाइनान्स छँदै छ । त्यसैले, कमर्सियल बैंकलाई माइक्रो विजनेसमा संलग्न नगराएर उनिहरुलाई ५ प्रतिशत हालसेल लेण्डीङमा नै लगानी गर्न लगाउनुपर्छ । 

बेस रेटमा दिने मार्जिनमा पुनर्विचार
कमर्सियल बैंकहरु नै प्रोमोटर भएर माइक्रोफाइनान्स खोल्न किन दिएको भन्ने प्रश्न पनि छ । जस्तै भएपनि कमर्सियल बैंकहरुले आफ्नै सहायक कम्पनीको रुपमा माइक्रोफाइनान्स खोल्न दिँदा सहायक नभएको माइक्रोफाइनान्सहरुले चाहिँ उनिहरुबाट फण्ड कसरी पाउँछन् ? राष्ट्र बैंकले बेस रेटमा ३ प्रतिशतसम्मको मार्जिन राख्न पाउँछौ पनि भनेको छ । लघुवित्तलाई दिने होलसेल फण्डमा पनि उनिहरुले खोलेको सहायक लघुवित्तलाई एक प्रतिशतको मार्जिनमा दिन्छन् । तर अरुलाई तिन प्रतिशतसम्म लिन पाउने भयो । यसमा पनि पुर्नविचार गर्नुपर्छ । 

लघुवित्तलाई फण्ड उपलब्ध गराउन छुट्टै कोषको व्यवस्था
त्यस्तै, लघुवित्तलाई स्वस्थकर रुपमा गरीबी निवारण गर्ने विशेष उद्देश्यले नै काम गर्न दिने हो भने सरकार र राष्ट्र बैंक मिलेर एउटा छुट्टै किसिमको यस्तो कोषको स्थापना गर्नुपर्छ, जसले लघुवित्तको लागि सहुलियत ब्याजमा फण्ड उपल्बध गराउन सकोस र लघुवित्तले पनि सस्तो ब्याजदरमा कर्जा वितरण गर्न सकुन् । यूवा स्वरोजगार कोष, गरीबी निवारण कोष, ग्रामीण स्वाबलम्बन कोषहरुले जसरी एउटा उद्देश्यको लागि काम गरेका छन्, यो कोषको पनि छुट्टै उद्देश्य होस् ।

होलसेल फण्डको का मगर्ने माइक्रोफाइनान्समार्फत विदेशी फण्ड
त्यसैगरी, अन्तराष्ट्रिय पुँजी परीचालन गर्नु पर्छ अथवा अन्तराष्ट्रिय क्षेत्रबाट पनि फण्ड ल्याउनुपर्छ । तर, एउटा गाउँघरमा गएर फिल्डमा झोला बोकेर हिड्ने माइक्रेफाइनान्सले अन्तरराष्ट्रिय सम्बन्ध विकास गरेर फण्ड ल्याउन सक्दैनन् । त्यसकारण अहिले संचालनमा रहेका होलसेल माइक्रोफइनान्सहरुले अन्तरराष्ट्रिय सम्बन्ध विकास गरी फण्ड ल्याएर लगानी गर्न सक्नुपर्छ । नेपालकै बैंक तथा वित्तीय संस्थाबाट थोक कर्जा लिएर लगानी गर्ने काम त होलसेल माइक्रोफाइनान्स नभए पनि भइरहेको छ । उनीहरुले अब विचमा बसेर मिडिएटरको रुपमा काम गरेर मात्र हुँदैन । माइक्रोफइनान्सको लागि विदेशी फण्ड ल्याउने कार्य भनेको होलसेल कर्जा लगानी गर्ने माइक्रोफाइनान्सको हो । स्वदेशभित्रकै कमर्सियल बैंकबाट कर्जा ल्याउने, निश्चित प्रतिशत मार्जिन राख्ने अनि त्यहि फण्ड रिटेल गर्नेलाई दिने हो भने उनीहरुको के प्रभाव रह्यो त हालसेल फण्ड मुभिलाइजेसनमा ? त्यसकारण होलसेल फण्डको काम गर्ने माइक्रोफाइनान्सहरुले अन्तरराष्ट्रिय बजारबाट फण्ड ल्याउने वातावरण बनाउन सक्नुपर्छ ।