उपमेयर आचार्यले गरिबी निवारणको अश्त्रको रुपमा हेरिएको लघुवित्तले वास्तबमै उदाहरणीय काम गरेको उल्लेख गर्दै आगामी दिनमा अझ बढि ग्रामिण क्षेत्रमा गई कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा संस्थाका सञ्चालकद्धय पुष्प राज ढकाल र गोपाल प्रसाद वस्यालले आफ्नो मन्तब्य राख्दै कार्यक्रमको विस्तार संगसगै वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्यको पनि जिबनस्तर क्रमशः माथि उठ्न पर्ने र कर्मचारीहरु पनि अनुशासीत भई कार्य गर्नुपर्नेमा जोड दिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले लघुवित्त क्षेत्रमा रहेका अवसरहरु, चुनौती तथा भावी रणनीतिको बारेमा अवगत गराएका थिए भने नायव कार्यकारी अधिकृत हरिकृष्ण जोशीले कार्यक्रमको महत्व तथा उद्देश्यका साथै लक्ष्य प्राप्त गर्नको लागि अपनाउनुपर्ने रणनीतिको बारेमा जानकारी गराएका थिए ।
संस्थाका वित्त प्रमुख ज्ञानीश्वर पन्तले प्रथम त्रैमासको वित्तीय विवरण र लक्ष्य तथा प्रगतीको बारेमा प्रस्तुती दिए भने मानब संशाधन विभाग प्रमुख ख्यामकान्त अर्यालले आफनो मन्तब्य राख्दै लक्ष्य पुरा गर्न कर्मचारी परिचालन पनि एक महत्वपुर्ण भाग रहेको बताए ।
आन्तरिक लेखा परिक्षण तथा अनुगमन प्रमुखले लक्ष्य प्राप्तीसंगसगै गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिए भने कर्जा तथा जोखिम विभाग प्रमुख अमरनाथ सेढाईले हाल वित्तीय क्षेत्रमा कर्जाको भाखा नाघ्ने क्रम बढेको हँुदा शुरुबाटै सचेत भई कर्जाको भाखा नाघ्न नदिने गरि कार्य गर्न गराउन अनुरोध गरे ।
३० जना शाखा प्रमुख र केन्द्रीय कार्ययलयका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत लगायत विभागीय प्रमुख तथा अनुगमन अधिकृत कृष्ण वहादुर चौधरी सहित ३७ जनाको उपस्थिति रहेको कार्यक्रममा शाखा प्रमुखहरुले आआफ्नो शाखा कार्यालयको पहिलो त्रैमासको लक्ष्य तथा प्रगति, अवसर, चुनौतीहरु तथा भावी रणनीतिको बारेमा प्रस्तुतीकरण गरेका थिए । उक्त कार्यक्रममा प्रभु लाईफ ईन्स्योरेन्सका प्रतिनिधिहरुले लघु कर्जाको बारेमा जानकारी गराएका थिए भने आर.एम.डि.सि.का कोहलपुरका शाखा प्रमुख भरत कुमार सिंहले शाखा प्रबन्धकको भुमिका र जिम्मेवारीको बारेमा प्रशिक्षण गराएका थिए ।
उक्त दुई दिने समिक्षा बैठकलाई समापन गर्दै वित्तीय संस्थाका तिलक भुषालले वित्तीय संथामा आबद्ध ग्राहक सदस्यको जिबनस्तर माथि उठेमा मात्र आत्म सन्तुष्टिी मिल्ने उल्लेख गरे ।
वुटवलमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले यसै महिना आईपीओ ल्याउने तयारी गरेको छ । यस वित्तीय संस्थाले २०७५ आश्विन मसान्तसम्ममा १५ वटा जिल्लाहरुमा ५४ वटा शाखा कार्यालयहरु मार्फत आफ्नो कारोबार संजाल बिस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका ग्राहक वर्गहरुलाई लक्षित गर्दै ३२००० ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ । धितो तथा विनाधितो गरी संस्थाको लगानीमा रहिरहेको कर्जा कूल ९६ करोड रहेको छ । संस्थाले आफ्नो सदस्यहरुबाट रु. २८ करोड बचत संकलन गरेको छ