भास्करमणी ज्ञवाली। सामान्यतयाः मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुनबमोजिम संगठित वित्तीय संस्था नै बैंक हो । अर्थात, चाहेको बेला झिक्न पाउने गरी पैसा राखिदिने, ब्याजमा ऋण दिने आदि आर्थिक कारोबार गर्ने संस्थालाई बैंक भनिन्छ । वा जनताको धनराशी जम्मा गर्ने तथा जनतालाई कर्जा प्रवाह गर्ने वित्तीय संस्था पनि भन्ने गरिन्छ । बैंक भनेको जोखिमयुक्त ठाउँ हो । त्यसकारण बैंक तथा वित्तीय संस्थाहरुले नियमभित्र रहेर काम गर्नुपर्छ ।
हामीले जबसम्म नियम कानुनलाई पालना गरेर अघि बढन सक्दैनौ तबसम्म प्रगति केही गर्न सक्दैनौ । छोटो समयका लागि त हामीले नियम विपरित रहेर पनि संस्था चलाउन सक्छौँ होला, तर दिर्घकालीन समयसम्म चलाउन भने सक्दैनौँ । त्यसकारण नेपाल राष्ट्र बैंकले बनाएका नियम तथा नीतिहरु सबै बैंक तथा वित्तीय संस्थाहरुले सही रुपमा पालना गर्दै आए भने संस्थाहरु माथि उठ्न सक्छन् । ।
निक्षेपकर्ता, नियमनकारी निकाय, सरकार तथा सबै सामाजिक कार्यकर्ताहरु बैंकका सरोकारवाला पक्षहरु हुन् । यी सरोकारवाला पक्षहरुको बीचमा एउटा सु—सम्पन्न कार्य गर्न कठिन हुन्छ । यी सरोकारवाला पक्षहरुकै बीचमा स्वार्थ बाँधिएको हुन्छ । यसरी हेर्दा बैंकिङ कार्य गर्न सजिलो छैन । यही सिद्धान्तलाई आधार मानेर विभिन्न नीति तथा नियमहरु बनेका छन् । त्यसकारण यी नीति तथा नियमहरुलाई सही रुपमा पालना गरी बैंक तथा वित्तीय संस्थाहरुले सरोकारवाला पक्षहरुसँग राम्रो सम्बन्ध स्थापित गरेर काम गर्दै आए भने बैंक तथा वित्तीय संस्थाहरुले सही बाटो लिन सक्नेछन् ।
कतिपय अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गरेका वित्तीय विवरणहरुलाई सर्वसाधरणहरुले विश्वास गर्न सक्दैनन् । बैंकिङ कारोबारप्रति सरोकारवालाहरुले शंका बढ्ने गरेको छ । यस्तो अबस्थामा बैंकिङ क्षेत्रको दिगो विकासमा बाधा उत्पन्न हुन्छ । जस्ले गर्दा, बैंक तथा वित्तीय संस्थाहरुको स्थिती खस्कँदै जान्छ ।
नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको मुलुकमा जनताहरुको बीचमा बैंकिङ कारोबार गरेका छौ । यसमा प्रश्न गर्नुपर्ने समय आएको छ । यसलाई एउटा बैंकिङ नैतिकताभित्र राखेर हेर्न सकिन्छ । बैंकिङ क्षेत्रमा नैतिकता पालना हुन सकेन भने नीति तथा नियमहरु लागु हुन सक्दैन । बैंकिङ क्षेत्र र सरोकारवाला पक्षहरुको बीचमा राम्रो सम्बन्ध हुँदैन र पारदर्शी हुन सकिँदैन । साथै बैंकिङ क्षेत्रमा दिगो विकासलाई अगाडी बढाउन सकिँदैन । जसले गर्दा नेपालको अर्थतन्त्रमा नै ह्रास आउन सक्छ । त्यसकारण सबै सरोकारवाला पक्षहरुले नीति नियम र नैतिकतालाई बिषेश ध्यान राखेर काम गर्नुपर्छ ।
बैंकिङ नैतिकता भनेको एउटा यस्तो प्रणाली हो जसले बैंकिङ प्रणालीमा हुने मुल्य र मान्यताको आधारमा नैतिक तथा कानुनी धरातलधित्र रहेर ठिक, बेठिक तथा राम्रो, नराम्रोे भन्ने कुरा छुटाउन सक्छ । साथै आफ्नो सरोकारवालाहरुको बीचमा राम्रो सम्बन्धलाई निम्त्याउँन सक्छ ।
बैंकिङ नैतिकताभित्र रहेर गर्नुपर्ने काम र नगर्नुपर्ने कामहरु थुप्रै छन् ।
गर्नुपर्ने कामहरु :
निक्षेपकर्ताको हक हितको सुरक्षा र न्यायको लागि एउटा प्रतिफल निक्षेपकर्तालाई दिनुपर्छ ।
कष्ट अफ फण्ड र कर्जा दरको बीच भएको स्प्रेड दरलाई न्युनतम रुपमा कायम गर्नुपर्छ ।
अशल र पारदर्शी लेखा प्रणलीको अबलम्बन गर्नुपर्छ ।
कानुन तथा नीति नियमलाई पुर्ण रुपमा पालना गर्नुपर्छ ।
प्रभावकारी जोखिम व्यवस्थापन प्रणालीलाई अपनाउनुपर्छ ।
ग्राहकहरुलाई सभ्य र समान व्यवाहार गर्नुपर्छ ।
सुचना प्रणलीको उचित रुपमा पालना गर्नुपर्छ ।
सर्वसाधरण र सेयरधनीको हित संरक्षण गर्नुपर्छ ।
पदाधिकारी, कार्यकारी, निर्देशक लगायत सम्पुर्ण कर्मचारीहरु बीच उनीहरुले गर्ने काम के हो काम र कर्तव्यको स्पष्ट रुपमा थाहा पाउनुपर्छ ।
व्याजदर र विनिमयदर निर्धारणको कुरामा नियन्त्रित अभ्यास गर्नुपर्छ ।
गर्न नहुने कामहरुः
अस्वस्थ प्रतिष्पर्धा गर्न हुँदैन ।
प्रदुषण बढाउने, बाल श्रमलाई उत्साह हुने, मान मर्यादा हानी गर्ने र सेयर तथा घर जग्गामा उछाल आउने ठाउँमा लगानी गर्न हुँदैन ।
आफ्नो संस्थाको इमेजमा आघात पुग्ने खालको कुनै पनि काम गर्न हुँदैन ।