आर्थिक बर्ष २०७५।७६ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरु कुनै पनि ठुला परीयोजना आएको खण्डमा पनि लगानी गर्न नसक्ने अवस्थामा रहेको देखिन्छ । बैंकहरुले निक्षेपको तुलनामा अत्याधिक मात्रामा कर्जा विस्तार गरेको कारण नियामक निकाय नेपाल राष्ट्र बैंकलाई पनि पनि नियन्त्रणमा चुनौति सिर्जना भएको छ । राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सिसिडि रेसियो) अधिकतम ८० प्रतिशतसम्म हुने ब्यवस्था गरेको छ । हाल संचालनमा रहेका २८ वटा मध्ये अधिकांशको सिसिडी रेसियो ८० प्रतिशतको नजिक पुगेको देखिएको छ ।
आठ वटा बैंकको सिसिडि रेसियो ७९ प्रतिशतभन्दा माथि
असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका १९ वटा वाणिज्य बैंकहरु मध्ये आठ वटा बैंकको सिसिडि रेसियो ७९ प्रतिशतभन्दा माथि रहेको छ भने अधिकांशको ७५ प्रतिशतभन्दा माथि रहेको छ ।
सिद्धार्थ बैंक
सिदार्थ बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको विवरण अनुसार सिसिडि रेसियो असार मसान्तको ७४.२३ प्रतिशत भन्दा ५.२४ प्रतिशतले बुद्धि भई नियामक निकायले तोकेको विन्दु नजिक अर्थात् ७९.४७ प्रतिशत पुगेको छ ।
कुमारी बैंक
कुमारी बैंकको सिसिडि रेसियो बढेर अधिकतम विन्दु नजिक पुगेको छ । असार मसान्तमा ७६.५४ प्रतिशत रहेको बैंकको सिसिडि रेसियो असोज मसान्तमा बढेर ७९.९१ प्रतिशत पुगेको छ ।
सिटिजन्स बैंक
असोज मसान्तको वित्तीय विवरणमा सिटिजन्स बैंकको सिसिडि रेसियोमा बृद्धि भएको छ । असार मसान्तमा ७७.८७ प्रतिशत रहेको सिसिडि रेसियोमा बृद्धि भई असोज मसान्तमा ७९.६२ प्रतिशत पुगेको छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकको सिसिडि रेसियो पनि अधिकतम विन्दु नजिक पुगेको छ । असार मसान्तमा ७२.१५ प्रतिशत मात्र रहेको बैंकको सिसिडि रेसियो असोज मसान्तमा आउँदा ७९.४७ प्रतिशत पुगेको हो ।
सानिमा बैंक
सानिमा बैंकको सिसिडी रेसियो असार मसान्तमा ७१.६६ प्रतिशत मात्र रहेकोमा असोज मसान्तसम्ममा बढेर ७९.१७ प्रतिशत पुगेको छ ।
मेगा बैंक
मेगा बैंकको सिसिडी रेसियो असार मासान्तमा ७५.९३ प्रतिशत रहेको थियो । उक्त अनुपात असोज मसान्तसम्ममा बढेर ७९.६१ प्रतिशत पुगेको छ ।
जनता बैंक
असार मसान्तमा ७७.४० प्रतिशत रहेको जनता बैंकको सिसिडि रेसियो असोज मसान्तमा ७९.५२ प्रतिशत पुगेको छ ।
सेञ्चुरी बैंक
असोज मसान्तको तथ्यांक अनुसार सेञ्चुरी बैंकको सिसिडि रेसियो ७९.५० प्रतिशत रहेको छ । गत असार मसान्तमा बैंकको यस्तो रेसियो ७५.७८ प्रतिशत मात्रै थियो ।
कृषि विकास बैंकबाहेक अन्यको सिसिडी रेसियोमा पनि वृद्धि
यसबाहेक, अन्य बैंकको सिसिडी रेसियो पनि क्रमशः बढ्दै गएको देखिन्छ ।
माछापुच्छ्रे बैंक
असार मसान्तमा ७६.१३ प्रतिशतको विन्दुमा रहेको माछापुच्छे्र बैंकको सिसिडि रेसियो पनि बढ्दै गएको छ । असोज मसान्तको तथ्यांक अनुसार, बैंकको यस्तो रेसियो ७८.९२ प्रतिशत रहेको छ ।
प्रभु बैंक
असार मसान्तमा ६९.०० प्रतिशत मात्र देखिएको प्रभु बैंकको सिसिडी रेसियो असोज मासान्तमा आउँदा ह्वातै कर्जा विस्तार भई ७५.६८ प्रतिशत पुगेको छ । तर, अन्य बैंकको तुलनामा भने प्रभु बैंकको सिसिडि रेसियो कम हो ।
स्टान्डर्ड चार्टर्ड बैंक
सर्बसाधारण नागरिकको पहुँच बाहिर रहेको र पुँजीपति बर्गले मात्र प्रयोग गर्ने स्टान्डर्ड चार्टर्ड बैंकको सिसिडि रेसियो ६९ प्रतिशत रहेको छ ।
ग्लोबल आईएमई बैंक
असार मसान्तको तुलनामा ग्लोबल आईएमई बैंकको पनि सिसिडि रेसियो बढेको छ । असार मसान्तमा ७५.३५ प्रतिशत रहेको बैंकको सिसिडि रेसियो असोज मसान्तमा बढेर ७७.६४ प्रतिशत पुगेको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकको पनि सिसिडि रेसियोमा बृद्धि भएको छ । असार मसान्तमा ७५.०५ प्रतिशत रहेको बैंकको सिसिडि रेसियो असोज मसान्तमा बढेर ७७.३२ प्रतिशत पुगेको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले सार्वजनीक गरेको वित्तीय विवरणामा भने सिसिडि रेसियो घटेको छ । असार मसान्तमा ७७.५२ प्रतिशत रहेको सिसिडि रेसियो ७५.९८ प्रतिशतमा झरेको भएपनि कर्जा लगानी गर्ने सहज अवस्थामा भने रहेको देखिँदैन ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकको सिसिडि रसियो बढेर ७८.०४ प्रतिशत पुगेको छ । असार मसान्त बैंकको सिसिडि रेसियो ७७.०७ प्रतिशत रहेको थियो ।
नेपाल बैंक
नेपाल बैंकको सिसिडि रेसियोमा सामान्य बृद्धि भएको छ । बैंकको सिसिडि रेसियो असार मसान्तसम्म ६९.६३ प्रतिशत रहेकोमा असोज मसान्तमा बृद्धि भएर ७१.०९ प्रतिशत पुगेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक
असार मसान्तको भन्दा असोज मसान्तमा नेपाल इन्भेष्टमेन्ट बैंकको सिसिडि रेसियो ७५.०१ प्रतिशतबाट बृद्धि भएर ७७.४५ प्रतिशत पुगेको छ ।
सनराइज बैंक
सनराइज बैंकको पनि सिसिडि रेसियोमा बृद्धि भएको छ । असार मसान्तमा ७५.४७ प्रतिशत रहेको बैंकको सिसिडि रेसियो असोज मसान्तमा आउँदा बढेर ७७.५६ प्रतिशत पुगेको छ ।
नेपाल क्रेडिट एण्ड कर्मस बैंक
असोज मसान्तसम्मको विवरण अनुसार नेपाल क्रेडिट एण्ड कर्मस बैंकको सिसिडि रेसियो ७८.९८ प्रतिशत रहेको छ । असार मासान्तमा बैंकको यस्तो रेसियो ७६.७६ प्रतिशत रहेको थियो ।