बैंकिङ खबर । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालु आर्थिक पहिलो त्रैमासमा मुनाफमा ७० प्रतिशतले बृद्धि गरेको छ । गत वर्ष १६ करोड ४५ लाख रुपैयाँ मात्र आर्जन गरेको बैंकले यस वर्ष ११ करोड ५९ लाख रुपैयाँले बृद्धि गरी २८ करोड चार लाख मुनाफा आर्जन गरेको हो ।
चार अर्ब ६८ करोड चँुक्ता पुँजी भएको बैंकले ६२ अर्ब ८४ करोड निक्षेप संकलन गरेर ५७ अर्ब ३० करोड कर्जा परीचालन गरेको छ । ब्याजबाट दुई अर्ब तीन करोड आम्दानी गरेको बैंकले ब्याज भुक्तानीमा एक अर्ब २२ करोड खर्च गरेको छ । जसअनुसार बैंकको खुद व्याज आम्दानी ७९ करोड रुपैयाँ पुगेको छ ।
प्रतिसेयर आम्दानी ४० रुपैयाँ ०५ पैसा रहेको बैंकको खराब कर्जा ३.६९ प्रतिशत र जगेडा कोषमा चार अर्ब ९० करोड रहेको छ ।