बैंकिङ खबर । जनता बैंकले चालु आर्थिक प्रथम त्रैमासमा मुनाफामा उल्लेख्य बृद्धि गरेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासमा छ करोड ३८ लाख मात्र मुनाफा आर्जन गरेको बैंकले यो वर्ष करीब १९ करोड २१ लाखले बृद्धि गरी २५ करोड ५९ लाख मुनाफा आर्जन गरेको हो ।
आठ अर्ब चुक्ता पुँजी भएको बैंकले गत बर्षको तुलनामा तीन अर्ब निक्षेपमा बृद्धि गरी ६२ अर्ब निक्षेप संकलन गरेको बैंकले कर्जामा चार अर्बले बृद्धि गरी ५८ अर्ब कर्जा लगानी गरेको छ ।
चालु आर्थिक बर्षको पहिलो तिन महिनामा ब्याजबाट एक अर्ब ९९ करोड आम्दानी गरेको बैंकले ब्याज भुक्तानी गर्नको लागि एक अर्ब २० करोड खर्च गरेको छ । जसअनुसार बैंकको खुद आम्दानी ७९ करोड रुपैयाँ पुगेको छ ।
प्रतिसेयर आम्दानी १६ रुपैयाँ २५ पैसा रहेको बैंकको आधार ब्याजदर ११.२२ प्रतिशत र जगेडा कोषमा २ अर्ब ३५ करोड रहेको छ ।