निर्जला खड्का/बैंकिङ खबर । बैंक भनेको सर्वसाधारणको पैसाको हिफाजत गर्ने जिम्मेवारी बोकेकोे संस्था हो । त्यसैले, बैंकमा सँधै उत्कृष्ट कर्मचारीहरुको खोजी गरिन्छ । पछिल्लो समय नेपालमा प्रायः सबै विद्यार्थीहरुले मेनेजमेन्ट पढ्ने गरेका छन् । एउटा बैंकमा रोजगारी खुल्यो भन्ने सुन्नेवित्तीकै मेनेजमेन्टका विद्यार्थीहरुको लाइन लाग्छ । तर, उनीहरुमा पर्याप्त मात्रामा बैंकिङ सम्बन्धि ज्ञान भने हुँदैन ।
अधिकांश व्यवस्थापन संकायकै विद्यार्थीलाई पनि बैंकबारे स्पष्ट जानकारी छैन । साथै नेपालमा बैंकको इतिहास र अन्तरराष्ट्रिय स्तरमा बैंकको इतिहासको बारेमा समेत अन्यौल भएका व्यवस्थापन संकायका विद्यार्थीहरुमा बैंकबारे जानकारी छैन । जागीरका लागि बैंकमा अन्तर्वार्ता लिन जाँदा बैंकको बारेमा कतिको जानकारी छ भनेर जाँच गरिन्छ । बैंक के हो ? नेपालमा बैंकलाई कति प्रकारमा वर्गीकरण गरिएको छ ? लघुवित्त संस्था के हो ? यसको काम के हो ? लगायतका विषयमा पनि जवाफ दिन नसक्नेहरुलाई बैंकले नियुक्त गर्दैन ।
शैक्षिक योग्यताकै भरमा राम्रा पोष्टमा जागीरको आस गर्ने युवाहरु बैंकिङ नलेजमा भर पर्दैनन् । तर बैंक भनेको जोखिमयुक्त ठाउँ हो । त्यसकारण बैंकमा शैक्षिक प्रमाणपत्रको साथै बैंकिङ नलेजको खाँचो पर्दछ । बैंकले पनि प्रमाणपत्रलाई भन्दा पनि क्षमता र नलेजलाई आधार मानेर जागिर दिने भएकाले बैंकमा जागिरका लागि जाँदा बैंक सम्बन्धि ज्ञान बोकेर जानु उपयुक्त हुन्छ ।
व्यवस्थापन संकायमा ब्याचलर वा मास्टर्स गरेको छु भन्नेवित्तीकै बैंकमा जागीर पाइहाल्छु नि भन्ने मानसिकताले थुप्रै युवालाई पछि पारेको छ । बैंकसम्बन्धी थोरै पनि जानकारी नभएको, अनुभव पनि नभएको कर्मचारीलाई बैंकले नियुक्त गर्दैन ।
अहिले मेनेजमेन्ट नै अध्ययन गरिरहेका विद्यार्थीहरुमा पनि वित्तीय चेतनाको कमी भएको पाइएको छ । बैंकहरुले खुलाएका भ्याकेन्सीमा आवेदन दिई अन्तर्वार्तामा जानेहरुमध्ये एकदमै कम आवेदकले मात्रै बैंकले सोध्ने बैंकिङ प्रश्नहरुको जवाफ दिने गरेको पाइन्छ । मेनेजमेन्ट अध्ययन गरेर बैंकमा जागीर खाने सपना देखेका युवाहरुका लागि वित्तीय चेतना अत्यन्तै आवश्यक छ, ।