November 12th, 2018

तरलताको समस्या : यथार्थ कि अत्तालिने परिपाटी ?

बैंकिङ खबर, समाचार विश्लेषण / बैकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव अर्थात तरलता बढ्न थालेपछि सरोकाराबला चिन्तित देखिएका छन् । चार्ड पर्वको समय अधिकाँस मानिसले नगद रकम प्रयोग गर्ने हुँदा हरेक बर्षको चाडपर्वका बेला तरलता समस्था देखिँदै आएको छ । यस पटक पनि यो समस्या देखियो । यो क्षणिक समस्या भएपनि सम्बन्धित निकाय गम्भिर नहुँदा यसले चर्को रुप लिन पुग्छ । यस्तो अबस्थालाई समाधान गर्न बैंकहरु आफै जिम्मेदार हुनुपर्छ । ग्राहकलाई बुझाउन सक्नुपर्छ । तर अबस्था त्यस्तो देखिएन । बैंकरहरु आफै तरलता अभाव भो भन्दै हिडेको देखियो । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक पनि यो विषयमा गम्भिर देखिँदैनन् । बजारमा आएको तरलतालाई चार्ड पर्वको समय भनेर बुझाउन नसक्दा आम नागरिकमा नकारात्मक असर पर्न गएको छ । जसले गर्दा बैंकमा निक्षेप गर्नेको संख्या भन्दा पैसा झिक्नेको संख्या बढी देखियो । सम्बन्धित निकायले यो कुरा व्यबस्थापनका लागि आम नागरिकलाई बुझाउन सकेनन् । जसका कारण बैंकहरु आफैले तरलताको समस्या बढेको कुरा बाहिर ल्याए । कुरा यत्तिमा रोकिएन । बैंकर्स संघले यस विषयलाई लिएर बैंठक नै बोलायो । राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग यो विषयमा छलफल गर्ने तर्फ बैंकर्स संघ अघि बढ्ने भएको छ । चाडपर्वका बेला सबैलाई पैसा आबश्यक पर्छ, अनि सबैजना नगद कारोबारमा तल्लिन हुन्छन् । नेपालीहरुको महत्वपूर्ण चार्ड मध्येको छट पर्व सुरु भएको छ । छट पर्व पछि मात्रै चाडपर्वहरु सकिन्छन् । तर बैंकहरु चाडपर्व नसकिँदै आत्तिनु त्यत्ति स्वभाविक देखिँदैन । यसले नेपाली बैंकरहरु परिपक्व छैनन् भन्ने देखियो । यसका अतिरिक्त क्षणिक तरलताको समस्यालाई दिर्घकालीन समाधान गर्न नेपाल राष्ट्र बैंक दरिलोसँग लागेको देखिएन । अहिलेको तरलता समस्या कतिसम्म लम्बिने हो ? भन्ने बारे अध्यन नहुनु, सम्बोधन गर्न नसक्नु र तरलताको हौवा पिटाउनु सरोकारवालाको कम्जोरी देखिन्छ ।