November 2nd, 2018

राष्ट्रिय सतकर्ता केन्द्रको प्रतिवेदनमा सत्यता छैन : यूवा स्वरोजगार कोष

बैंकिङ खबर । यूवा तथा साना ब्यवसायी स्वरोजगार कोषले राष्ट्रिय सतकर्ता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको प्रतिवेदनमा सत्यता नभएको बताएको छ । शुक्रबार कोषले आफ्नै कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरेर  सर्तकता केन्द्रले गरेको स्थलगत अध्यनन नै प्रभावकारी नरहेको बताएको हो । 

कतिपय ठाउँमा अनुगमनमा जाने क्रममा स्थानीय सहकारीको कार्यालयमा पनि नपुगी आफु बसेकै होटलमा सहकारीका प्रतिनिधिहरुलाई केलाएर सर्तकता केन्द्रका पदाधिकारीहरुले प्रतिवेदन तयार पारेकाले व्यवसायीको यथार्थ प्रतिवेदनमा उल्लेख नभएको कोषले दाबी गरेको छ । कतिपय ठाउमा देखिएको प्राविधिक त्रुटिहरुलाई देखाएर सर्तकता केन्द्रले आफ्नो ढंगले प्रतिबेदन तयार बनाएको तथा छानविन समितिका सदयहरुले कोषसँग छलफल गर्दा नै स्पष्टता आउने  विषयहरु पनि प्रतिवेदनमा समावेश गरिएको कोषले बताएको छ । 

कोषको जिम्मेवार पदाधिकारीसँग छलफल नगरी प्रतिवेदन तयार पारेकोले उक्त समस्या आएको कोषका कार्यकारी उपाध्यक्ष प्रेम प्रसाद दंगालले बताए । प्रतिवेदनमा भाका नाघेको रकम करीब ५१ करोड उल्लेख गरेको भएतापनि त्यसमा सत्यता नभएको कार्यकारी उपाध्उेयक्ष दंगालले बताए । यस्तो रकम ५१ करोड पुगेको भएतापनि करीब ९३ प्रतिशत असुल गरीसकेको बताउँदै भाखा नाघेको रकम २७ करोड मात्रै असुल हुन बाँकी रहेको बताए । 

यस्तै कतिपय ठाउँमा समस्या भएको भए  छानविन गरी कानुनी कारबाही गरिने पनि उनले बताए । कोषका प्रमुख कार्यकारी अधिकृतले दोहोरो सेवा लिएको पत्रकारको प्रश्नको जवाफ दिँदै  प्रमुख कार्यकारी अधिकृत डा. विष्णु प्रसाद गौतमले निजामती कमचारी र उपादन लिएर आएको कर्मचारीले मात्र दाहोरो सेवा लिन नपाउने ब्यवस्था रहेको बताउँदै आफु ३० बर्षे कार्यकाल पुरा गरेकोले यसमा दोहोरो सेवाको नियम लागु नहुने बताए ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्ने लगायत कानूनी कारवाही गर्ने तयारी गरेको छ ।

कोषको भाखा नाघेको कर्जा उठन बाँकी २७ करोड पाँच लाख ६४ हजार ५७९ रुपैयाँ रहेको छ । उक्त कर्जा नतिर्नेलाई सो कानूनी गर्ने प्रक्रिया अगाडि बढाएको कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतमले बताए । कोषले हालसम्म सात शर्ब ७३ करोड चार लाख २५ हजार रुपैयाँ लगानी गरेको छ । त्यसमध्ये तीन अर्ब ५९ करोड ३१ लाख ३३ हजार ८९६ रुपैया असुली गरेको छ भने चार अर्ब २२ करोड सात लाख ४१ हजार १०४ रुपैयाँ लगानीमा रहेको छ ।

नेपालका १८ देखि ५० वर्षका बेरोजगार युवालाई स्वरोजगार बनाई तिनमा रहेको सीप, प्रतिभा र जाँगरलाई देशभित्रै प्रस्फुटित हुने अवसर प्रदान गर्ने लक्ष्यका साथ सरकारले २०६५ सालमा सो कोष स्थापना गरेको हो ।

आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता, घाइते तथा शहीद परिवार एवं परम्परागतरूपबाट पिछडिएका जातजाति र वर्गलाई तालीम र कर्जाको पहुँचमा विशेष प्राथमिकता दिई स्वरोजगार हुने अवसर प्रदान गर्ने कोषको प्रमुख लक्ष्य रहेको छ ।

कोषले व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक कार्यक्रममा उद्यमशीलता विकास गरी स्वरोजगार बन्न व्यक्तिलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म र समूहमा काम गर्न चाहेमा बढीमा २५ जनाको समूहलाई अधिकतम ५० लाख रुपैयाँसम्म आवधिक ऋण बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत प्रदान गर्ने गरेको छ ।

युवालाई स्वरोजगार बन्न तथा उद्यमशीलतालाई दिगो र सफल बनाउन आवश्यक व्यावसायिक तालीम निःशुल्क प्रदान गर्ने, स्वरोजगार बन्न आवश्यक पूँजी उपलब्ध गराएर विदेश पलायन हुने प्रवृत्तिलाई क्रमिक रुपमा घटाउँदै देश विकासमा टेवा पुर्याउने लक्ष्य रहेको छ । कोषको उद्देश्य र लक्षित कार्यक्रममा लगानी गरेरनगरेको पनि अनुगमन गरिरहेको र कर्जा भूक्तानीका लागि समेत ताकेता गरिरहेको कोषका कार्यकारी निर्देशक डा गौतमले जानकारी दिए ।