निर्जला खड्का/बैंकिङ खबर । लघुवित्त थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त वित्तयि संस्थाले गरिब तथा विपन्न वर्गहरुलाई बिना धितो कर्जा प्रवाह गरेर जीवन स्तरमा थप सहजता ल्याएको छ । लघुवित्त वित्तीय संस्थाले गाउँगाउँमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले न्यून आय भएका मानिसहरूको वित्तीय सेवासम्म पहुँच पुर्याउन सहयोग गर्दछ ।
कसका लागि ?
संसारमा २ थरीका जनसमुदाय हुन्छन् । एकथरी वित्तीय सेवा लिन आफैँ सक्षम जोसँग ज्ञान हुन्छ, सीप हुन्छ, कर्जा धितोका लागि सम्पत्ति हुन्छ र व्यवसाय गर्ने व्यवसायिक क्षमता पनि हुन्छ । बैङ्क तथा वित्तीय संस्थासँग सजिलै पहुँच हुन्छ । बैंक पनि त्यस्ता वर्गलाई सजिलै पत्याउँछन् । त्यस्ता व्यक्तिको प्रत्यक्ष रुपमा बैंकिङ पहुँच हुन्छ । अर्कोथरी जो वित्तीय सेवा लिन आफैँ सक्षम हुँदैन, ज्ञान, सीप पनि हुँदैन, कर्जा लिन धितोका लागि प्रसस्त सम्पत्ति पनि हुँदैन, पिछडिएका तथा वित्तीय पहुँच नभएका स्थानमा बस्छन् । बैंक तथा वित्तीय संस्थासँग सहज पहुँच पनि हुँदैन । त्यस्ता वर्गलाई बैंकले विश्वास पनि गर्दैैन । त्यो वर्गलाई गैरबैंक पहुँच भएका जनता भनिन्छ । लघुवित्त दोस्रो वर्गको जनसमुदायलाई वित्तीय पहुँच मार्फत् लघुवित्त सेवा प्रदान गर्ने हो । लघुवित्त संस्थाले त्यस्तै वर्गलाई आधार मानेर आफ्नो वित्तीय सेवा दिने हो । बैंक तथा वित्तीय संस्था समक्ष पहुँच नभएका जनसमुदायलाई वित्तीय सेवा प्रदान गर्नु नै लघुवित्त वित्तीय संस्थाको काम हो ।
किन ?
नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान अभैm ३० प्रतिशतको हाराहारीमा छ । कृषिमा आधारित धेरैजसो जनता वित्तीय सेवाबाट बञ्चित नै छन् । वित्तीय सेवाबाट बञ्चित रहेका जनतालाई स्थानीय स्तरमा कृषि व्यवसायको कुन क्षेत्रमा सम्भावना छ । त्यसका आधारमा लघुकर्जा प्रदान गरी सम्भाव्यताका आधारमा लघुवित्त मार्फत उन्नत धान खेती, तरकारी खेती, माछापालन, मासुजन्य पशुपालन, दूधजन्य पशुपालन, निर्यातजन्य चिया तथा अलैंचीजस्ता उच्च सम्भावना भएका खेतीलाई प्रवद्र्धन गर्न सकिन्छ, जसबाट नेपालको अर्थतन्त्र सुधार हुनुको साथै नेपालमा रोजगारीका थुप्रै सम्भावनाहरु हुने थिए । साथै, उत्पादन वृद्धि, आम्दानी वृद्धि र आर्थिक वृद्धि गर्न सकिन्छ । लघुबीमा मार्पmत् त्यस क्षेत्रका व्यवसायलाई सुरक्षित गरी संस्थाको लगानी तथा सेवाग्राहीलाई सुुरक्षित पार्न सकिन्छ ।
यसरी विदेशबाट सामानहरुको आयत गरी अर्बाैं रुपियाँ खर्च भइरहेको छ, जुन हाम्रै देशमा सहज रूपले उत्पादन गरी आयात प्रतिस्थापन गर्न सकिन्छ, प्रशस्त रोजगारी सिर्जना गर्न सकिन्छ र जसले दिगो आर्थिक वृद्धिमा समेत निकै ठूलो टेवा दिन सक्छ । यसबाट वित्तीय पहुँचमा वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापनका साथै आर्थिक समृद्धिको ढोका खुल्छ ।
अत्याधिक आयात गरिने वस्तुहरुलाई सम्भव भएसम्म नेपालमै उत्पादन गर्ने ।
उत्पादित वस्तुको पहिचान गरेर त्यस्ता वस्तुको उत्पादकका घर परिवारलाई सम्बन्धित विषयमा व्यावहारिक तालिम दिने ।
सम्बधित विषमा तालिम प्राप्त घर परिवारलाई लघुवित्त वित्तीयसेवासँग जोड्ने ।
लघुवित्त वित्तीय संस्थाले आफ्नै समन्वयमा सेवाग्राही घर परिवारबाट उत्पादित वस्तुको बजार व्यवस्थापनमा पूर्णरूप मातादम्यता मिलाउने र उत्पादित वस्तुलाई बजारसँग पहुँच प्रदान गर्ने ।
लघुवित्त सेवा पूर्ण रूपले बैंकिङ सेवा मात्र होइन । यो विषय नियमन निकाय र लघुवित्त सेवा प्रदान गर्न स्थापना भएका संस्थाले जान्न जरुरी छ । यस सेवासंँग वित्तीय सचेतना तथा तालिम र अन्य सेवा पनि जोडिएका हुन्छन् र पूर्ण नाफामुखी मात्र नभई सोसियल विजनेसकोे रूपमा पनि लिन आवश्यक छ ।
लघुवित्तबाट प्रवाह भएको कर्जा पुर्ण रुपमा सही सदुपयोग गरेर उत्पादनशिल क्षेत्रमा लगानी गर्ने सकियो भने लघुवित्त संस्थाहरुलाई कर्जा असुली गर्ने पनि सहज हुन्थ्यो । साथै, आम सर्वसाधारणहरुको जीवनस्तर सुधार हुनुको असाथैलवा देशकै अर्थतन्त्र मजबुद हुने थियो ।