यो पोर्टलबाट कति मानिसहरु वित्तीय क्षेत्रमा समावेश भएका छन, वित्तीय क्षेत्रमा मानिसहरुको संग्लनता कस्तो रहेको छ, ग्रामीण क्षेत्र र सहरी क्षेत्रको वित्तीय अवस्था कुनको कस्तो छ, कति जिल्लामा कति वटा वित्तीय संस्थाहरु पुगे, कति जनसंख्यामा वित्तीय चेनता पुगेको छ र कति मानिसहरु वित्तीय साक्षरताबाट बञ्चित छन् भन्ने कुराको जानकारी पाइन्छ । यस्ता विभिन्न वित्तीय तथ्याङकहरु तलमाथि नहोस भनी उक्त वित्तीय समावेशीकरण पोर्टलको सुरुवात गरिएको हो । मलाई लाग्छ, अब वित्तीय समावेशीकरणबाट सबै सर्वसाधरण र ग्रामीण भेगमा वित्तीय चेतनाको प्रवाह बढ्छ ।
२० वर्ष अगाडी र अहिलेको वित्तीय अवस्थामा धेरै नै फरक भएको छ । पहिलेको वित्तीय अवस्थाभन्दा अहिलेको नेपालको वित्तीय अवस्थामा धेरै सुधार भएको छ । तर, अरु देशको भन्दा नेपालको वित्तीय अवस्था पछाडी नै छ । नेपालको वित्तीय अवस्थालाई सुधार गर्नका लागि हामी विभिन्न कदमहरुलाई अगाडी बढाउँदै आएका छौँ । वित्तीय समावेशीकरण पोर्टल लन्च भएसँगै अब राष्ट्र बैंकको कार्यमा थप सुधार आउनेछ । साथमा अधिकांश कार्यहरु ग्रामीण क्षेत्रमा फोकस हुनेछन् भने वित्तीय क्षमतामा बृद्धि समेत हुने छ ।(गभर्नर डा. नेपालद्धारा राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा व्यक्त विचारमा आधारित)