सबैभन्दा धेरै प्रदेश नं. २ का १३० स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिती रहेको छ । यो प्रदेशमा कुल १३६ वटा स्थानीय तह रहेकोमा अब ६ वटामा मात्रै वाणिज्य बैंक पुग्न बाँकी छ । त्यस्तै, प्रदेश नं. ६ मा सबैभन्दा कम ५९ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा छन् । यो प्रदेशमा रहेका ७९ स्थानीय तहमध्ये २० वटामा अझै वाणिज्य बैंकको उपस्थिती छैन ।
यसबाहेक, प्रदेश नं. १ का १३७ स्थानीय तहमध्ये ११८ वटामा, प्रदेश नं. ३ का ११९मध्ये १०८ स्थानीय तहमा, प्रदेश नं. ४ का ८५ मध्ये ८० वटामा, प्रदेश नं. ५ का १०९ मध्ये १०६ वटामा र प्रदेश नं. ७ का ८८ मध्ये ६५ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिती रहेको छ ।
समग्रमा कुल ७५३ स्थानीय तहमध्ये ८७ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी छ । सबै स्थानीय तहमा वाणिज्य बैंककै शाखा नपुगे पनि वित्तीय पहुँच सबै स्थानीय तहसम्म पुगिसकेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल बताउँछन् । औसतमा एक स्थानीय तह बराबर तीन बैंक तथा वित्तीय संस्थाको उपस्थिति रहेको उनको दाबी छ ।
नेपाल राष्ट्र बैंकको साउन मसान्तसम्मको तथ्यांक अनुसार बैंक तथा पित्तीय संस्थाको संख्या १५२ रहेको छ । २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २५ वित्त कम्पनी र ६६ लघुवित्त संस्थाहरु संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल एक महिनामा ६६५१ बाट बढेर ६७१४ पुगेको छ ।