चितवन नारायणघाट स्थायी घर भएकी उनी हाल पोखरा—१७, छोरेपाटन शितलचौतारी बस्दै आएकी छिन् । परिवारका् आर्थिक अवस्था सुधार्नका लागि श्रीमानको सहमती बिना नै एक हजार मात्र साथमा लिएर पोखरा छिरेर उनले सुरु गरेको उद्यमशीलताको यात्रा आज सफल भएको छ । पोखरा आउँदा साथमा ल्याएको त्यो एक हजार र केही सहयोगबाट प्राप्त रकमबाट उनले सानो कस्मेटीक पसल सुरु गरिन् । उनले पसल सुरु गरेपछि भने श्रीमानले पनि सहयोग गरे ।
पसलमा नाफा हुँदै गएपछि उनीहरुको हौसला बढ्यो । अब व्यवसाय विस्तारको सोच बन्यो । उनीहरुले फसलमा फेन्सी सामानहरु पनि राखिन् । सितलचौतारी नजिकै रहेको कस्मेटीक तथा फेन्सी पसलमा आफ्नो श्रीमानलाई राखेर आफु जेब्रा झोलामा सामान राखी गाउँ गाउँमा सामान बेच्ने गरिन् । उनले यसरी गाउँ गाउँमा सामानहरु दिनदिनै बेच्दै जाँदा नाफा झन् बढ्दै गयो, हौसला थपिँदै गयो । त्यो समयमा हरेक दिन १० हजारदेखि १५ हजारसम्मको व्यापार गरी १५ सयदेखि २५ सयसम्म नाफा आर्जन गर्ने गरेको उनी बताउँछिन् ।
थपिँदै गएको नाफा र बढ्दै गएको ग्राहक संख्यामा एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था पुगेर थप उर्जा प्रदान गर्यो । पुम्दीभुम्दीमा एनएमबि माइक्रोफाइनान्सले २०७२ माघ ७ गते शाखा स्थापना गर्यो । उक्त संस्थामा गएर पार्वतीले सदस्याता लिइन्, अनि ५० हजार कर्जा लिएर फेन्सी पसललाई थप विस्तार गरिन् । सामानहरु थप्दै गईन् र व्यवसाय पनि दिनदिनै फस्टाउँदै गयो ।
पहिलेको कर्जा समयमै चुक्ता गरेर उनले कर्जा थप गरिन् । दोस्रा् पटक उनले दुई लाख रुपैयाँ कर्जा लिएर सानो कुखुरा फर्म खोलिन् । सुरुमा सानो फर्म र थोरै कुखुरा राखेकी पार्वतीले कुखुरापालनबाट पनि राम्रो आम्दानी गरिन् । कुखुरापालन व्यवसायबाट राम्रो प्रतिफल पाएपछि उनले कुखुरापालन व्यवसायलाई थप विस्तार गरी करिब ८०० वटासम्म अट्ने फर्म निर्माण गरिन् र कुखुरापालन व्यवसायलाई बढाउँदै लगिन् ।
अहिले उनले फेन्सी तथा कस्मेटीक व्यवसाय पनि परिवारको साथ लिएर सँगसँगै सञ्चालन गरिरहेकी छिन् । वर्तमान समयमा पनि उनी आफ्नो ग्राहकलाई सकारात्मक बनाउन र व्यवसाय बढाउन दिउँसोको समयमा व्यापारको लागि सामान बोकेर कृस्ती तथा निर्मलपोखरी लगायतका गाउँमा जाने गर्छिन् ।
यसै व्यवसायबाट भएको आम्दानीबाट उनले एक रोपनी जग्गामा चार कोठाको घर बनाएकी छिन् । करिब ८०० वटा कुखुरा अटाउने दुई वटा खोर बनाई उक्त व्यवसायलाई विस्तार गरी नाफा कमाउँदै आएकी छिन् । सोही व्यवसायबाट आएको आम्दानीले आफ््ना दुई छोरी लार्ई बिबिएस् र नर्सीङ पढाएको उनी बताउँछिन् । सामाजिक काममा पनि आफुलाई अघि सार्ने उनले एक व्यक्ति (अंकित राई)लाई पनि आफ्नो छोरा मानेर पालनपोषण र शिक्षा दिँदै आएकी छिन् ।
पार्वती देवी शर्मा भन्छिन्, ‘दुःख र सुख जिन्दगीको दुई पाटो रहेछ, सुखलाई सबैले अँगाल्न सकिन्छ भने दुखको अनुभव गर्न समेत गाह्रो हुन्छ । जब मैले जिन्दगीको दुःख र सुखलाई नजिकबाट चिनेँ, त्यसपछि परीवारको खातीर दुःखलाई अघि सारी यहाँसम्म आएँ ।’ यस काममा लघुवित्त आफ्नो सहयात्री बनेको उनको भनाइ छ । उनी भन्छिन्, ‘एनएमबि माइक्रोफाईनान्सले दिएको साथ, सहयोग र हौसलाले मलाई व्यावसायिक बनायो । आशा छ यस एनएमबि माइक्रोफाइनान्स आगामी दिनमा म जस्ता हजारौँ दिदि बहिनीको जीवनमा सहयोग गर्ने छ ।’