May 23rd, 2016

यी हुन्, छिटै शेयर जारी गर्न लागेका हाइड्रोपावर कम्पनिहरु

hydroजलविद्युत् क्षेत्रान लगानी गर्ने सोच्दै हुनुहुन्छ भने तपाईँका लागि विभिन्न हाइड्रोपावर कम्पनिहरुले साधारण तथा हकप्रद शेयर निष्काशन गर्दैछन् । हेर्नुस्, कुनकुन जलविद्युत्को शेयर निष्काशन हुँदैछ :  

खानीखोलाको ९ लाख कित्ता भन्दा बढी साधारण शेयर
खानी खोला हाइड्रोपावर कम्पनीले जेठ १६ गतेबाट सर्वसाधारणका लागि सेयर निस्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ९ लाख ३१ हजार ४२९ कित्ता सेयर निस्कासन गर्न लागेको हो । कम्पनीले कुल निस्सकासन गर्ने सेयरहरुमध्ये ४६ हजार ५७१ कित्ता सामूहिक लगानी कोष कम्पनीहरु र १८ हजार ६२९ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् । कम्पनीको सेयरमा न्युनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

सीईडीबी हाइड्रो फण्डको साढे १७ लाख कित्ता भन्दा बढी साधारण शेयर
सिईडीबी हाइड्रो फण्ड लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनिले १ सय रुपैँया अंकित १७ करोड ६१ लाख बराबरका १७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । एक अर्ब रुपैँया अधिकृत पुँजी भएको कम्पनिको शेयर निष्काशन तथा विक्त प्रबन्धक एनसीएम मर्चेन्ट बैँकिङ लिमिटेड रहेको छ । नेपालमा जलविद्युत् आयोजनाको प्रवद्र्धन तथा विकासका लागि क्लिन इनर्जी डेभलपमेन्ट बैँकले सन् २००९ नोभेम्बरमा सिईडीबी हाइड्रो फण्ड लिमिटेडको स्थापना गरेको हो ।

रिडी हाइड्रोको साढे ११ लाख कित्ता भन्दा बढी हकप्रद शेयर
रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनिले ११ लाख ५५ हजार कित्ता हकप्रद शेयर निष्काशनको तयारी थालेको हो । कम्पनीले ९.९ मेगावाटको इवाखोला जलविद्युतमा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो आयोजना जुलाई २०१८ बाट व्यावसायिक रूपमा सञ्चालनमा आउनेछ । तर, हकप्रदबाट करीब ११ करोड उठ्ने देखिएको यो १ अर्ब ६० करोड रुपैयाँको आयोजनाका लागि बाँकी रकम जुट्न बाँकी छ । ६५ प्रतिशत कर्जा र ३५ प्रतिशत शेयर लगानीबाट बन्ने यस आयोजनाको शेयर लगानीमध्ये पनि ४२ करोड रकम जुट्न बाँकी रहने देखिन्छ । यसका लागि संस्थापकले थप रकम हाल्ने, रैराङ आयोजना वा इवाखोलाकै लागि भविष्यमा पुनः आईपीओ जारी गर्नेलगायत विकल्प कम्पनीले सोचेको छ ।