समयानुसार मुद्राको माग
सामान्यतयाः मुद्रा व्यवस्थापन विभागले करिब ३.२५ बर्षलाई पुग्ने गरी मुद्राहरुुको माग प्रक्षेपण गरी नयाँ नोट छपाई गर्ने गर्दछ । सामान्यतयाः मुद्राको माग अर्थतन्त्रको आकार, आर्थिक गतिविधि, रोजगारीको स्थिति, मुद्रास्फीति, आम्दानी र लगानी (बाह्य÷आन्तरीक) मा भएको उतार चढाव, रेमिट्यान्सको आप्रवाह आदिले प्रत्यक्ष वा परोक्ष रुपमा प्रभाव पार्छ । यसका अलवा नेपालमा मुद्राको माग मौसमी प्रवृत्तिको हुने गरेको छ । दशैँ, तिहार, छट, इद आदि पर्वहरु तथा पहाडी र हिमाली भेगहरुमा यार्सागुम्बा, पाँचऔंले, जटामासी, चिराइतो आदि जडिबुटी संकलन गर्ने याममा प्रायः मुद्राको मागमा वृद्धि हुन्छ । त्यस्तै, तराई आन्दोलन, अघोषित नाकाबन्दी आदिको कारण तराई र भित्री मधेशका बैंक तथा वित्तीय संस्थाहरु बन्द हुन जाँदा यस भेगका जनताहरुले तेल, खाद्यान्न एवं पेट्रोलियम पदार्थ, ग्यास आदि सञ्चय गर्न सुरु गरे । जसले मुद्राको मागमा चाप पर्न गयो र नेपाली बजारमा मुद्रा चलनचल्ती बढ्न गयो ।
मुद्राको छपाईको लागि टेण्डर प्रक्रियाको थालनी
मुद्रा व्यवस्थापन विभागले कागजी मुद्राको छपाईको क्रममा टेन्डर प्रकृयाको थालनीसँगै विभिन्न दरका रुपैँयाहरुको सम्भावित मागको प्रक्षेपण गर्दछ । यसैका आधारमा मुद्राको छपाई कार्य अगाडि बढाइन्छ । आम्दानी, मुद्रास्फीति, आर्थिक गतिविधि, रेमिट्यान्स आप्रवाह र लगानी आदिलाई आधार मानी सामान्यतयाः मुद्राको माग प्रक्षेपण गरिन्छ । नेपाल राष्ट्र बैंकले सिक्का टकमरी कार्य समेत टेण्डर प्रकृयाबाट गर्दै आएको छ । टक्सार महाशाखाबाट पहिले पहिले विभिन्न खाले धातुहरु आयात गरी नेपालमै सिक्का टंकण गर्ने गरेकोमा हाल यस महाशाखाले स्मारिका सिक्काहरु (चाँदी र अन्य धातुको) मात्र यदाकदा सिमित मात्रामा टंकण गर्दै आएको छ ।
बोलकबोल प्रथामा आधारित मुद्रा छपाई र लागत
नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले मुद्रा छपाईको लागि स्थायी टेण्डर डकुमेन्ट तयार गरेको छ । स्तरीय टेण्डर डकुमेन्टलाई आधार मानी आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकले मुद्रा छपाईको लागि टेण्टर आव्हान गर्दछ । मुद्रा छपाई कार्य नितान्त बोलकवोल प्रथामा आधारित रहि सम्पन्न गर्ने गरिन्छ । हाल नेपाल राष्ट्र बैंकको रोष्टरमा १० वटा मुद्रा सिक्का छपाई कम्पनीहरु छन् । सबभन्दा न्यून दर बोलकवोल गर्ने टेण्डर दातालाई नोट छपाई कार्य गर्न स्वीकृति दिइन्छ । केहि बर्ष अगाडिसम्म मुद्रा छपाई कार्यमा अन्र्तराष्ट्रिय निजी मुद्रा छपाई कम्पनीहरु संलग्न रहेका थिए भने हाल आएर मुद्रा छपाई कार्यको लागि सरकारसँग सम्बद्ध गरेका नोट छपाई कम्पनीहरु बढी सक्रिय हुँदै आएको पाइएको छ ।
सन् १९४५ मा रु. ५, १० र १०० दरका प्रथम कागजी मुद्राहरु छपाई भएको थियो । त्यस्तै गरी सन् १९५२ मा रु. १ को कागजी मुद्रा, सन् १९६० पश्चात रु.१, रु. २, रु. ५, रु. १०, रु. २०, रु. २५, रु.५०, रु. १००, रु.२५०, रु.५०० र रु. १००० दरका कागजी मुद्राको छपाई भएको र चलन चल्तीमा रहेको पाइन्छ । सन् २००२ मा रु. १० दरको पोलीमर नोट राष्ट्र बैंकले छपाई गरेको थियो । यसमा केहि प्राविधिक कैफियतहरु देखिएपश्चात् यस्तो पोलीमर नोट पुनः छपाई गरिएको छैन । माथि उल्लिखित मुद्राहरुको छपाई सुन÷चाँदी वहुमुल्य वस्तु तथा विदेशी मुद्रा सुरक्षण राखि प्रायः छपाई गर्ने गरिन्छ । हाल चलनचल्तीमा रहेका मुद्राहरुमा रु. ५, रु. १०, रु. २०, रु. ५०, रु. १००, रु. ५००, र रु. १००० दरका कागजी मुद्राहरु हुन् । यी नोटहरुको छपाई लागत सालाखाला प्रति गोटा विगतमा सन् २००४ ताका क्रमशः रु १.९३, रु. ३.२८, रु.२.३४, रु.३.१६, रु. ५.१५, रु ७.१८ र रु. ७.८२ रहेकोमा हाल उक्त दरका मुद्राहरुको छपाई लागत क्रमशः रु. १.९३, रु. १.९९, रु. २.४८, रु.२.४४, रु. २.७९, रु ३.७५ र रु. ४.१४ पर्न आएको छ ।
चुस्त मुद्रा व्यवस्थापनका आधारहरु
मुद्रा व्यवस्थापन कार्य केन्द्रिय बैंकहरुको कार्यकुशलता र यिनीहरुले लिने दुरगामी रणनीतिक कार्यक्रममा भर पर्ने हुन्छ । जनतालाई सर्वसुलभ, भरपर्दो, लागत प्रभावी तवरले मुद्रा उपलब्ध गराउन सक्नु र यसका लागि प्रयत्नरत रहनु नै कुशल मुद्रा व्यवस्थापन मानिन्छ । वास्तवमा शाखाहरुमा मुद्राको आवश्यकता सम्बन्धि जानकारी मुद्राको मौज्दात र चलनचल्ती, झुत्रो नोट तथा जलानको स्थिति आदी तथ्यांकीय जानकारी, अभिलेख र यसको संप्रेषणले मुद्रा व्यवस्थापनलाई अझ मजवुद तुल्याउने हुन्छ । यस अलावा नोट कोषको चुस्त व्यवस्थापन, आधुनिकीकरण र समय सापेक्ष रुपमा झुत्रा नोटको जलान प्रकृयामा हुँदै जाने सुधारले पनि मुद्रा व्यवस्थापन कार्य क्रमिक रुपमा चुस्त बन्दै जान्छ ।
मुद्रा व्यवस्थापनका लागि आगामी योजना
नेपाल राष्ट्र बैंकले चालु रणनीतिक योजनाद्धारा मुद्रा व्यवस्थापन कार्यलाई यान्त्रिकीकरण गर्दै जाने, सीभीपीएस तथा एसबीपी लागु गर्ने र आधुनिकीकरणलाई दु्रतता दिई मुद्रा व्यवस्थापन चुस्त, समय सापेक्ष र गुण प्रभावी तुल्याउँदै जाने प्रतिबद्धता जाहेर गरेपनि यस कार्यमा त्यति सफलता हासिल हुन सकेन । विगतको महाभुकम्प र पराकम्पनको प्रभावले मुद्रा व्यवस्थापन कार्यलाई केहि समय आचँ पु¥याए तापनि जसोतसो भत्किएका र केहि बचेका संरचनाहरुको उपयोग गर्दै मुद्रा आपूर्ति, तोडा चलान, नोट वितरण र झुत्रो नोट तथा जाली नोट पहिचान सर्काने कार्यलाई पुनः सुधार गर्दै आएको छ । इलेक्टोनिक पेमेन्ट, जीएल पेमेन्ट सिस्टममा आवद्ध भएपछि मुद्रा व्यवस्थापन सम्बन्धि तथ्य, तथ्यांकहरु अन्र्तराष्ट्रिय ढाँचामा रुपान्तरण हुने भएकाले नेपाल राष्ट्र बैंकलाई सहज हुन गएको छ । मुद्रा व्यवस्थापन विभागले दैनिक, साप्ताहिक तथा मसिक रुपमा मुद्रा व्यवस्थापनसँग सम्बन्धित नोट मौज्दात, जलान, ढुकुटीमा मौज्दात सुकिला नोटहरु सम्बन्धि तथ्य र तथ्यांकहरु सम्प्रेषण गर्ने कार्य गर्दै आएको छ । त्यस्तै नोट सर्टिङ्ग गर्ने कार्यलाई दु्रतता दिन मुद्रा व्यवस्थापन विभागले उपत्यका बाहिरको नेपाल राष्ट्र बैंक कार्यालयहरुमा माग अनुरुप सर्टिङ्ग मेसिनहरुको आपूर्ति तथा मर्मत समेत गर्दै आएको छ ।
आगामी रणनैतिक योजना (२०१७–२०२१) मस्यौदामा मुद्रा व्यवस्थापन विभागले सन् २०२१ सम्म सर्कुलेसनमा रहने जाली नोट बजारमा चलान न्यूनीकरण गर्दै जाने, विद्यमान भुक्तानी प्रणालीलाई टेवा दिँदै जाने र मुृद्रा व्यवस्थापन कार्य थप प्रभावकारी रुपमा गर्दै जाने आदि प्रतिबद्धता जाहेर गरेको छ । सफा नोट नीति कार्यान्वयनको निरन्तरता, नोटहरुको सुरक्षण र स्तरोन्नतिको कार्यान्वयन, टक्सार विभागको पुर्नसंरचना आदीको कार्यलाई प्राथमिकताका साथ सम्पादन गरिने लक्ष्य आगामी रणनीतिक योजना (२०१७–२०२१) मार्फत मुद्रा व्यवस्थापन विभागले गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ ।
कतिपय केन्द्रिय बैंकहरुले अनुसन्धान, सुपरीवेक्षण र मुद्रा व्यवस्थापन विभागलाई समदुरीमा राखी कार्यहरु सम्पादन गर्दै आएको पाइन्छ । तर मुद्राको आपूर्ति देशको आर्थिक गतिविधिलाई आधार मानी कार्य गर्दै आएको मुद्रा व्यवस्थापन विभागलाई यस तवरले हेरिएको पाइएको छैन । मुद्रा व्यवस्थापनसम्बन्धि विविध खाले क्रियाकलापहरुले वास्तवमा मौद्रिक नीतिले लिएको लक्ष्य प्राप्तिको लागि कार्य गर्ने हुन्छ । यसतर्फ ध्यान केन्द्रिकृत हुनु जरुरी देखिन्छ । मुद्रा व्यवस्थापन विभाग र टक्सार महाशाखामा कार्य गर्ने कर्मचारीहरु अपेक्षाकृत रुपमा विभिन्न खाले उत्प्रेरणात्मक आन्तरिक तथा वाह्य तालिम प्राप्त गर्नबाट प्रायः बञ्चित भएको गुनासाहरु छन् । आआफ्नो रोहवरमा रहेका विभाग र महाशाखाहरुसँग मिल्दोजुल्दो तालिमहरु दिन सके कर्मचारीहरुको कामप्रति लगाव बढ्न जाने अवस्थाहरु क्रमशः सिर्जित हुँदै जाने अपेक्षा गर्न सकिन्छ । कर्मचारीहरु डम्पिङ्ग गर्ने विभागको रुपमा बैंकिङ तथा मुद्रा व्यवस्थापन विभागलाई हेरिनु हुँदैन ।
आधुनिकीकरण तथा यान्त्रिकीकरण गर्दै जाने क्रममा मुद्रा व्यवस्थापन विभागमा समय सापेक्ष कर्मचारीहरु छनौट हुँदै जाने अपेक्षा गर्न सकिन्छ । कर्मचारीमा भएका विविध खाले सिपहरुलाई अधिकतम उपयोग गर्ने सोच र काम गराईले यस्ता विभागहरुले व्यवस्थापन पक्षले अपेक्षा गरेका उपजहरु दिने अवस्थाहरु क्रमिक रुपले सिर्जित हुँदै जाने देखिन्छ । नोट छपाई, सिक्का टंकण अत्यन्त प्राविधिक तथा संवेदनशील कार्य भएकोले यस्तो खाले कार्यहरुसँग जानकार जनशक्ति पदस्थापन नगरेसम्म विभागको आधुनिकीकरण तथा यान्त्रिकीकरण प्रकृया मात्रको अर्थ रहँदैन । त्यस्तैगरी मुद्रा माग, आपूर्ति र यससँग अन्तरनिहित विषयवस्तुहरुसँग सम्बन्धित कार्यहरु गर्न नयाँ नियूक्ति भएका कर्मचारीहरुलाई विभागमा पदस्थापन गराउँदै लैजाँदा यसले विषेशगरी मुद्रा छपाई सिक्का टंकण कार्य विश्वस्त र जोखिमरहित तुल्याउँदै लैजानमा थप सघाउ पु¥याउने अपेक्षा गर्न सकिन्छ । (डा. सिग्देल नेपाल राष्ट्र बैँकअन्तर्गत मुद्रा व्यवस्थापन विभागका निर्देशक हुन् ।)