January 6th, 2018

तरलता जोखिम के हो ? कसरी हुन्छ ?

बैंकिङ खबर / बैंकले आफ्नो दायित्व पूरा गर्न रकम जुटाउन नसक्नु वा जुटाउँदा अस्वभाविक दस्तुर र्तिुपर्ने अवस्थाले तरलता जोखिमको सिर्जना हुन्छ । यस्तो हुनुमा अत्याधिक मात्रमा कर्जा प्रभाव हुनु वा एकैपल्ट ठूलो रकम भुक्तानी हुनु पनि हो । लगानीभन्दा निक्षेपको अनुबंदित परिपक्वता छोटो हुने भएकाले तरलता व्यवस्थापनको माध्यमबाट ग्राहकले आफ्नो निक्षेप निकाल्न सक्ने सम्भावित अवस्थाको आँकलन गरिन्छ । खास गरेर निक्षेप, लगानी गर्न एवम् वासलात बाहिरको दाबीलाई भुक्तानी दिन सहायक हुन्छ । 

बैंकको जोखिम व्यवस्थापन गर्नको लागि सम्पत्ति दायित्व व्यवस्थापनलाई एक प्रमुख अंगको रुपमा लिइन्छ । यसले सम्पूर्ण सम्पत्ति तथा दायित्वको निरन्तर रुपमा सँगसँगै जाँच गर्ने कार्य गर्दछ र यस्तो कार्य गर्नुको प्रमुख उद्देश्य नगद परिचालन एवम् भुक्तानी, लागत, असुली र जोखिम अनावरणमा सन्तुलन कायम राख्नु हो । यसमा मू्ख्यतयाः निक्षेप तथा लगानीका विभिन्न सेवाहरुको मूल्य(व्याजदर) निर्धारण गर्ने गरिन्छ ।