केही साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारीक चीन भ्रमणका क्रममा नेपाल राष्ट्र बैंक र चीनको बैंकहरू नियमन गर्ने निकाय चाइना बैंकिङ रेगुलेटरी कमिसन (सिआरबी) बिच एउटा सम्झौता भयो । जुन सम्झौतापछि अब चिनियाँ बैंकहरुले नेपालमा र नेपाली बैंकहरुले चीनमा शाखा खोल्न पाउँछन् ।
नेपाल र चीनबीचको ब्यापार दिनदिनै बढ्दै गएको कारण पनि यो सम्झौतालाई महत्वपूर्ण मानिएको छ । चीनसँगको ब्यापार अहिले दोहोरो अंकमा बृद्धि भइरहेको छ तर दुवै देशमा एकअर्काका मुलुकका बैंकका शाखाको अभावका कारण कारोबारमा भने समस्या देखिने गरेको छ। अहिले बैंकहरुले चीनबाट सामान निर्यात गर्ने ब्यापारीहरूका लागि लेटर अफ क्रेडिट खोल्ने गरेका छन्। त्यसैले पनि यो सम्झौतालाई बहुआयामिक रुपमा लिइएको हो ।
आर्थिक रुपमा विश्वमै शक्तिशाली बनिसकेको चीनका बैंकहरुले नेपालमा शाखा खोल्ने आर्थिक तथा प्राविधिक हैसियत राख्छन् । तर नेपालजस्तो विकासोन्मुख राष्ट्रका बैंकहरुले चीनमा शाखा खोल्न आर्थिक तथा प्राविधिक हैसियत राख्लान् भन्ने विषयमा बैंकर्सहरुनै आशंकित छन् । यद्यपी शाखा खोल्नै नसक्ने अवस्था नरहेको उनीहरुको भनाई छ । तर शाखा खोलेपनि टिकाईराख्न भने अत्यन्त चुनौतिपूर्ण रहेको बैंकर्सहरुको ठम्याई छ । नेपालका बैंकहरुले चीनमा शाखा खोल्ने आर्थिक तथा प्राविधिक हैसियत राख्छन् कि राख्दैनन् भनेर बैंकिङ खबरका लागि शिवहरि घिमिरेले राष्ट्र बैंकका अधिकारीसहित केही बैंकर्सहरुलाई सोधेका छन् ।
सम्भव छ तर तत्परता चाहिन्छ
चिन्तामणी शिवाकोटी (डेपुटी गर्भनर, नेपाल राष्ट्र बैंक)
अध्ययन गरेर मात्र शाखा खोल्नुपर्छ
उपेन्द्र पौडेल –अध्यक्ष बैंकर्स संघ एवम सिइओ एनएमबी बैंक )
बैंकिङ कारोबारलाई दिगो बनाउनुपर्छ
अनिल केशरी शाह (उपाध्यक्ष बैंकर्स संघ एवम सिईओ मेगा बैंक)
नेपाली बैंकले तत्कालै चीनमा शाखा खोल्न सक्दैनन्
लीला प्रकाश सिटौंला (सिईओ, कृषि विकास बैंक)
बैंकर्सहरुकोभनाईलाई नै मान्ने हो भने नेपालका बैंकहरुलाई चीनमा शाखा खोल्न चुनौति धेरै छन् । चीनको प्राविधिक विकास र आर्थिक हैसियतसामु नेपालका बैंकहरुले त्यहाँ शाखा खोल्नुअघि धेरै कुरामा ख्याल पुर्याउन आवश्यक छ । चीनका बैंकका शाखा नेपालमा खुल्ने कुराले त नेपाली बैंकहरु कताकता आत्तिनुपर्ने अवस्था छ । चीनमै पुगेर क्लाईन्ट टिकाएर कारोबार गर्न झन् धेरै चुनौति देखिन्छ ।