नेपालका लघुवित्त बैँकहरुको सम्पत्ति बढ्दो क्रममा रहेको छ । राष्ट्र बैँकले पछिल्लोपटक सार्वजनिक गरेको लघुवित्त बैँकहरुको पछिल्लो वित्तिय अवस्थासम्बन्धि प्रतिवेदनअनुसार ४० वटा लघुवित्त बैँकहरुको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको कुल सम्पत्ति दायित्व ७० अर्ब ८३ करोड २१ लाख १ हजार ९ सय २० रुपैँया पुगेको छ ।
कुल पुँजी कोष ६ अर्ब २० अर्ब ३५ लाख ३९ हजार ७० रुपैँया पुगेका लघुवित्त बैँकहरुको कुल चुक्ता पुँजी सो अवधिमा ३ अर्ब ९८ करोड ७२ लाख ५५ हजार ४ सय १० रुपैँया पुगेको छ । कुल निक्षेप १६ अर्ब ५ करोड ७९ लाख ८२ हजार ५ सय ६७० रुपैँया रहेका लघुवित्त बैँकहरुले पुस मसान्तसम्म ५५ अर्ब ३२ करोडढ ७२ लाख ६८ हजार १ सय ४० रुपैँया कर्जा प्रवाह गरेका छन् । कुल कर्जामध्ये संस्थागततर्फ १५ अर्ब २० करोड २३ लाख ७४ हजार ७ सय ७० रुपैँया तथा व्यक्तिगततर्फ ४० अर्ब १२ करोड ४८ लाख ९३ हजार ३ सय ८० रुपैँया पुगेको राष्ट्र बैँकले जनाएको छ । लघुवित्त बैँकहरुको स्थिर सम्पत्ति भने सो अवधिमा ७९ करोड ९५ लाख ६४ हजार ८ सय ५० रुपैँया पुगेको छ ।
सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा ९५ करोड ९४ लाख ९३ हजार ६ सय २० रुपैँया छुट्याएका लघुवित्त बैँकहरुले सो अवधिमा २ अर्ब ६० करोड ४० लाख ५३ हजार ४ सय ५० रुपैँया खुद मुनाफा आर्जन गरेका छन् । लघुवित्त बैँकहरुको बैँक तथा फाइनान्समा रहेको निक्षेप भने चालू आर्थिक वर्षको पुस मसान्तसम्म ३ अर्ब ७६ करोड ६६ लाख २१ हजार ३ सय ९० रुपैँया रहेको छ । उक्त निक्षेपमध्ये राष्ट्र बैँकका ३ करोड ४ लाख ४८ हजार ५ सय २० रुपैँया, वाणिज्य बैँकहरुमा २ अर्ब २७ करोड ३३ लाख ३४ हजार ४ सय रुपैँया, विकास बैँकहरुमा ९३ करोड २४ लाख २४ हजार ९ सय ७० रुपैँया र फाइनान्स कम्पनिहरुमा २५ करोड ६३ लाख ७२ हजार १ सय ७० रुपैँया रहेको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म लघुवित्त बैँकहरुमा रहेको नगद मौज्दात ७ करोड १७ लाख २३ हजार २ सय २० रुपैँया रहेको छ । उक्त अवधिमा लघुवित्त बैँकहरुले सरकारी ऋणपत्रमा ११ करोड ६१ लाख ७३ हजार रुपैँया लगानी गरेका छन् भने शेयर र अन्य क्षेत्रमा २ अर्ब ३६ करोड १८ लाख ८७ हजार ५ सय ६० रुपैँया लगानी गरेका छन् ।