चालू आर्थिक वर्षको माघसम्ममा देशभर स्थापना भएका बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ४ हजार ६१ पुगेका छन् । राष्ट्र बैंकका अनुसार गत आवको पुुस मसान्तमा यस्तो शाखा संख्या ३ हजार ५ सय २५ रहेको थियो । यद्यपि, बैँकका शाखाहरु सहरकेन्द्रित हुँदा ग्रामीण भेगका सर्वसाधारणहरु बैँकिङ पहुचबाट अझै पनि बञ्चित छन् । ग्रामीण क्षेत्रमा निक्षेप संकलन र कर्जा लगानी खासै नहुने र सञ्चालन खर्च मात्र बढी हुनेलगायतका कारणले बैँकहरुले ग्रामीण भेगमा शाखा विस्तारमा त्यत्ति जोड दिइरहेको पाइँदैन । हाल नेपालका ६० प्रतिशत जनसंख्या बैँकिङ पहुँचसम्म पुग्न सकेका छैनन् । नेपालका २६ प्रतिशत घरधुरीको मात्र बैँकमा खाता रहेको एक अध्ययनले देखाएको छ ।
सीमावर्ती क्षेत्रको पैसा जति भारतीय बैँकमा
औद्योगिक तथा व्यापारिक केन्द्र वीरगन्ज बैंक तथा वित्तीय संस्थाको प्रमुख आकर्षणको थलो भए पनि जिल्लाका सीमावर्ती ग्रामीण क्षेत्रमा बैंकिङ सेवा नपाएपछि त्यसक्षेत्रका स्थानीयवासी भारतीय बैंकमा कारोबार गर्न बाध्य छन् । खुला तथा उदार आर्थिक व्यवस्थाका कारण मोफसलका ठूला सहरमा मुलुकमा स्थापित प्रायः सबै बैंँकले आ–आफ्नो शाखा खोलेर व्यपारिक कारोबार सुरु गरेका छन् । वीरगन्जमा मात्र दुई दर्जनभन्दा बढी बैँंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् । तर, नेपालको सीमावर्ती ग्रामीण क्षेत्रमा बैंकिङ सेवाको पहुँच पुग्न सकेको छैन । जिल्लाको बहुसङ्ख्यक नागरिक बसोबास गर्ने ग्रामीण क्षेत्रमा कुनै पनि बैंंकको शाखा सञ्चालनमा नरहेकाले उनीहरु बैंकिङ सेवाको पहुँचबाट टाढा रहन बाध्य छन् । बैंक तथा वित्तीय संस्थाको अभावमा सो क्षेत्रका बासिन्दाले दैनिक लाखौँं रुपैयाँ निक्षेप भारतीय बैँंकमा जम्मा गर्ने गरेका छन् ।
राष्ट्र बैँक भन्छ : वित्तीय पहुँच बढ्यो
बैंक तथा फाइनान्स कम्पनीहरुका शाखा संख्यासँगै निक्षेप खाता र वित्तीय पहुँच पनि बढेको राष्ट्र बैैंकले जनाएको छ । पुनर्कर्जाको उपयोग भने घटेको राष्ट्र बैंकले जनाएको छ । उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग समीक्षा अवधिमा केही घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा साधारण पुनर्कर्जा एक अर्ब ७० करोड र निर्यात पुनर्कर्जा १६ करोड समेत गरी जम्मा एक अर्ब ८६ करोड रुपैयाँबराबरको पुनर्कर्जाको उपयोग भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारणतर्फ दुुई अर्ब ८१ करोड र निर्याततर्फ एक अर्ब ४२ करोड गरी कुल चार अर्ब २३ करोड रुपैयाँबराबरको पुनर्कर्जा उपयोग भएको थियो ।