March 27th, 2016

जलविद्युत् आयोजनामा बढ्दो बैँकिङ लगानी

hidropowerअपर हेवाखोला जलविद्युत आयोजनामा एनएमबी बैंकको नेतृत्वमा तीनवटा बैंकले सहवित्तीयकरणमा लगानी गर्ने भएका छन् । यो आयोजनामा एनएमबीसँगै नेपाल बैंक र कृषि विकास बैंकले लगानी गर्नेछन् । ८.५ मेगावाटको आयोजनामा तीनवटा बैंक मिलेर ९८ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । यस्तै आयोजनामा प्रवर्द्धक अर्थात अपर हेवाखोला हाइड्रोपावर कम्पनीले ३० प्रतिशत अर्थात ४३ करोड रुपैयाँ लगानी गर्ने छन् । 

सरकारले संखुवासभाको जलजला गाविस र चैनपुर नगरपालिकाको बीचमा पर्ने यो आयोजनालाई विद्युत उत्पादन गर्न २०६६ सालमा सर्वेक्षणको अनुमति दिएको थियो । कम्पनीले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर ऊर्जा मन्त्रालयबाट गत वैशाखमा विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरी नेपाल विद्युत प्राधिकरणसँग पुस २३ मा विद्युत खरीद–बिक्री सम्झौता गरेको थियो । आयोजनाबाट २०७६ साल असारमा विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

कावेली 'ए' मा विश्व बैँकको लगानी
विश्व बैँकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त मिगम (आईएफसी) ले ३७.६ मेगावाटको कावेली ए जलविद्युत् आयोजना निमाण गर्न ४ अर्ब रुपैँया लगानी गर्ने भएको छ । आईएफसीले जलविद्युत् लगानी तथा विकास कम्पनि लिमिटेड (एचआईडीसीएल) मार्फत सो ऋण लगानी सम्झौता गरेको हो । बुटवल पावर कम्पनि लिमिटेड(बीपीसी) अन्तर्गतको सो आयोजनामा विश्व बैँक समूहबाट ७ अर्ब ८६ करोड रुपैँया लगानी हुँदैछ । करिब १० अर्बको लागत रहेको आयोजनामा ऋण तथा स्वपुँजीको अनुपात ७७.५ र २२.५ प्रतिशत रहेको छ । कावेलीमा बीपीसीको लगानी ५३.५ प्रतिशत रहेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]