Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तरलता अभाव भएपछि आकर्षक ब्याजदर देखाउँदै, निक्षेप तान्ने होडबाजीमा बैंकहरु  

२०७३ पुष २२ गते

मुद्रा बजारमा तरलता अभाव भएपछि बैंकहरुले आर्कषक व्याज दर देखाएर सर्वसाधारणबाट निक्षेप संकलन गर्ने कामलाई तिब्रता दिएका छन् । केहि बैंकले अल्पकालीन तरलताको अभावलाई समधान गर्न न्यूनतम् साढे ८ देखि १० प्रतिशत व्याजमा निक्षेप ल्याउने आर्कषक योजना समेत ल्याएका छन् । जनता बैंकले १० प्रतिशत व्याज दिने गरी जनता फिक्सड डिपोजिट योजना ल्याएको छ । मेगा बैंकले वर्षिक १० प्रतिशत व्याज दरमा मेगा सुपर फिक्सड डिपोजिट स्किम ल्याएको छ । कृषि विकास बैंकले तलरता अभाव भएपछि सर्वसाधारणबाट निक्षेप तान्न साढे ८ प्रतिशत व्याज दिने गरी एडीबीएल स्वर्ण निक्षेप योजना ल्याएको छ । तरलता अभाव भएपछि एनआईसी एसिया बैंकले अल्पकालका लागि साढे ८ प्रतिशतमा फिक्स डिपोजिट योजना ल्याएको छ ।
 
यस्तै यति डेभलपमेन्ट बैंकले पनि साढे ९ प्रतिशत व्याजमा २६५ दिने मुद्धति निक्षेप योजना ल्याएको छ । प्राय सबै बैंकसँग तरलता नभएपछि धमाधम नयाँ योजना सार्वजनिक गर्न थालेका हुन् । सरकारले खर्च गर्न नसकेर ढुकुटीमा झण्डै २ खर्ब रुपैयाँ बचत हुदा बैंकिङ प्रणालीमा आउन सकेको छैन् । यस्तै वैदेशिक रोजगारीमा जानेले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धिमा कमी आएकाले यसको असर तरलतामा परेको बैंकरकको भनाई छ । पछिल्लो समयमा निक्षेमा व्याज बढाए पनि पर्याप्त रकम बैंकमा आउन सकेको छैन् । पुस १ सम्म बैंकले १५ खर्ब २३ अर्ब लगानी गरेका थिए । कर्जा बढाउन नसकेपछि चालु आर्थिक वर्ष बैंकको नाफामा असर पर्ने देखिन्छ । पछिल्लो समयमा तरलता संकट बढेपछि बैंकले कर्जा लगानी गर्न छाडेका छन् । अधिकांश वाणिज्य बैंकको कर्जा लगानी तथा निक्षेप अनुपात (सीडी रेसियो) ८०/२० प्रतिशत अनुपात सीमामा पुगिसकेकाले थप लगानी गर्ने अवस्था नरहेको बैकरले बताएका छन् । बैंकले कुल रकमको ८० प्रतिशत मात्र लगानी गर्न पाउछन् ।
 
बजारमा हल्ला भएजस्तो बैंकहरुमा तरलता अभाव नभएको नेपाल राष्ट्र बैंकको दाबी छ । अघिल्लो वर्ष जस्तो लिक्युडिटी एक्सेस नभएको सत्य भएपनि बैकिङ प्रणालीमा अझै ४ अर्ब तरलता देखिएकाले यसलाई तरलता समस्या भन्न नमिल्ने राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए । राष्ट्र बैंकले कर्जा लगानी र निक्षेप परिचालनबीचको अन्तर (स्प्रेड) दर बढीमा ५ प्रतिशत तोकेको छ । स्प्रेड दर ४ प्रतिशत राख्दा पनि कर्जाको व्याजदर १४ प्रतिशत पुग्ने निश्चितप्राय छ ।