Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

क्रिप्टो र हुन्डी प्रकरण : २ अर्ब ८६ करोड बिगो दाबी गरिएको मुद्दामा १० लाख मात्रै जरिवाना

२०८२ असार १० गते

बैंकिङ खबर/ नेपाल प्रहरीले छानबिन गरेको अहिलेसम्मकै ठूला क्रिप्टो तथा हुन्डी काण्डमा अदालतले कम सजाय सुनाएको छ। २ अर्ब ८६ करोड बिगो दाबी गरिएको मुद्दामा जिल्ला अदालत काठमाडौंले ७ जनालाई सफाइ दिँदा १० जनालाई अधिकतम १० लाख जरिवानासहित कैद सजाय सुनाएको हो।

मुख्य अभियुक्त रूपेश श्रेष्ठलाई २१ महिना कैद र १० लाख जरिवाना तोकिएको छ। सिआइबीले डेढ वर्ष अघि रूपेशसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अदालतको आदेशअनुसार आशिष अग्रवाललाई १८ महिना, कुमार परियार, विमल पोदारलाई १–१ वर्ष, अन्यलाई ३ देखि ६ महिना कैद सजाय सुनाइएको छ। रूपेशकी श्रीमती रचना, भाइ दीपेश र भान्जा अंशुलसहित ७ जनालाई सफाइ दिइएको छ।