प्रभु बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । शुक्रबार बैंकको १५ औं साधारणसभा मार्फत ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताब सर्वसम्मतले पारीत गरिएको हो । हकप्रद सेयर जारी गरेसँगै प्रभु बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८ सय पुग्ने छ । हाल चुक्तापुँजी ५ अर्ब ८८ करोड १४ लाख २ हजार रहेको छ । बैंक संचालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न १५ औं वार्षिक साधारणसभामा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उत्पादन क्षेत्र, कृषि, पर्यटन हाइड्रो लगायतका राष्ट्रिय हितका योजनामा बैंकले लगानीका नयाँ क्षेत्रहरु पहिल्याएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।
नयाँ सञ्चालक समिति चयन
अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने प्रक्रिया जारी रहने
बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने, एक्विजिसन (प्राप्ति) तथा खरिद गर्ने प्रक्रियालाई निरन्तरता दिने भएको छ । हाल ९ ओटा वित्तिय संस्थाको मर्जरबाट बनेको प्रभु बैंक सबैभन्दा धेरै बैंकवित्त मर्जर गर्ने बैंकका रुपमा समेत चिनिएको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने, एक्विजिसन (प्राप्ति) तथा खरिद गर्ने प्रक्रिया अगाडि बढाउने कार्यका लागि साधारणसभाले सञ्चालक समितीलाई अख्तियारी दिने निर्णय गरेको छ ।
दुर्गम क्षेत्रमा शाखा विस्तारमा जोड
प्रविधिमा फोकस गरीने
बैंकको निक्षेप परिचालन : बैंकको निक्षेप समिक्षा बर्षमा रु ६० अर्ब ९४ करोड पुगेको छ । जुन अघिल्लो आर्थिक बर्षको निक्षेप रु ४२ अर्व १४ करोडको तुलनामा ४४.६० प्रतिशतले बढी हो । कूल निक्षेपमा बचत, मुद्धती, कल र अन्य निक्षेपको अनुपात क्रमश : ५४.७३ प्रतिशत, १९.२८ प्रतिशत, २१.७१ प्रतिशत र ४.२८ प्रतिशत रहेको छ ।
कर्जा परिचालन : आर्थिक बर्ष २०७१/७२ मा बैंकले कर्जा तथा सापटिको रुपमा रु २९ अर्व ६८ करोड परिचालन गरेकोमा आर्थिक बर्ष २०७२/७३ मा ६२.४२ प्रतिशतले बृद्धि गरी रु ४८ अर्ब २१ करोड बराबरको रकम परिचालन गर्न सफल भएको छ ।
कूल सम्पति : बैंकको कूल सम्पतिमा आर्थिक बर्ष २०७२/७३ मा ४६.९३ प्रतिशतले बृद्धि हुनगई रु ६८ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको कूल सम्पति रु ४६ अर्ब ५१ करोड रहेको थियो ।
खुद ब्याज आम्दानी तथा खुद मूनाफा : बैंकको खुद ब्याज आम्दानी अघिल्लो आ.बा.को तुलनामा २७.५१ प्रतिशले बढ्न गई रु १ अर्ब ९७ करोड पुगेको छ । त्यसैगरी खुद मूनाफामा ९.७३ प्रतिशतले बढोत्तरी भई रु १ अर्ब ११ करोड बराबर खुद मूनाफा गर्न बैंक सफल भएको छ ।