December 14th, 2016

भारतीय मुद्रा विवाद : मुहम्मत बिनदेखि नरेन्द्र मोदीसम्मको विवरण 

icनवराज कुँवर – भारतमा दिल्ली सल्तनतका सुल्तान मुहम्मत बिन तुगलकले पहिलो पटक सन् १३२९–१३३० मा टोकन मुद्रा चलाएका थिए । उनले चीनको नोटबाट प्रभावित भएर सुन–चाँदीका सिक्काको ठाउँमा तामा–पीतलको सिक्का चलाएका थिए । तर उनको त्यस्तो प्रयोग अफापसिद्ध हुन पुग्यो । यसअघि चीनमा चंगेज खानका नाति कुबलाई खान (१२६०–१२६४)को शासनमा ‘छाओ’ नामको सांकेतिक कागजी मुद्रा चल्थ्यो । भारतमा कागजको नोट सबैभन्दा पहिला जनरल बैंक अफ बंगाल एण्ड बिहारले १७७३ मा सुरु गरेको थियो । यसपछि बैंक अफ बंगाल, बैंक अफ बम्बई र बैंक अफ मद्रासले कागजी मुद्रा चलाए । 

यी बैंकलाई आ–आफ्नो सर्कलमा नोट जारी गर्न अधिकार एक चार्टरअन्तरगत दिइएको थियो । बैंक अफ बंगालको स्थापना ५० लाख रुपैयाँ पुँजीसहित १८०६ मा बैंक अफ कलकत्ताको रुपमा भएको थियो । सो बैंकद्धारा जारी नोटमा बैंकको नाम र नोटको मूल्य (१००, २५०, ५०० रुपैयाँ) तीन लिपीहरु उर्दू, बांग्ला र नागरीमा छापिएको थियो । कागजी मुद्रा अधिनियम, १८६१ अनुसार भारत सरकारलाई नोट जारी गर्न एकाधिकार दिइएको थियो । यससँगै प्रेसिडेन्सी बैंकहरुको नोट सकियो । 

ic-2भारतमा सरकारी कागजी मुद्रा सुरु गर्नेमा पहिलो श्रेय वित्त सदस्य जेम्स विल्सनलाई जान्छ । उनको असामयिक निधनका कारण भारतमा सरकारी कागजी मुद्रा जारी गर्ने काम स्याम्युल लाइङगले सम्हाले । अंग्रेज शासनमा कागजी मुद्रको कामकाज टकसाल मास्टरहरु, महालेखाकारहरु र मुद्रा नियन्त्रकलाई दिइएको थियो । 

ब्रिटिश इन्डिया नोटमा रानी भिक्टोरियाको तस्वीर थियो । त्यतिबेला १०, २०, ५०, १००, १००० रुपैयाँको नोट जारी गरियो । सन् १९०३–१९११ को बीच ५, १०, ५० र १०० रुपैयाँको नोट रद्द गरियो । पहिलो विश्व युद्धका कारण सन् १९१७ मा पहिलो पटक अंग्रेज राजाको चित्र सहितको एक र दुई रुपैयाँ आठ आनाको नोट र १९२३ मा दस रुपैयाँको नोट छापियो । सन् १९३२ देखि नासिकको सेक्युरिटी प्रेसमा पुरै भारतको लागि बहुरंगी नोट छापिन थाले । 

अंग्रेज सरकारले भारतीय रिजर्भ बैंकको स्थापना भईञ्जलसम्म नोट जारी गरिरह्यो । १ अप्रिल १९३५ मा भारतीय रिजर्भ बैंकको केन्द्रीय कार्यालय कलकत्तामा उद्घाटन भयो । बम्बई, मद्रास, रंगून, कराची, लाहौर र कानपुरमा यसको शाखा पनि खोलियो ।

सन् १९३८ मा जर्ज छठेको चित्रसहित पहिलो पटक पाँच रुपैयाँको नोट र पछि १० रुपैयाँ, १०० रुपैयाँ र १०,००० रुपैयाँको नोट जारी गरियो । दोश्रो विश्व युद्धका क्रममा जापानले नक्कली भारु छापेर बजारमा पठाइदिन्छ भनेर नोटमा ‘वाटरमार्क’ लगाइयो । यतिमात्रै होइन, सुरक्षा उपायका रुपमा पहिलो पटक नोटमा सुरक्षा धागो पनि लगाइयो । 

ic-4भारतीय संविधान लागू हुने बेलासम्म रिजर्भ बैंकबाट जारी अंग्रेज राजाको नोट नै चलिरह्यो । भारत स्वतन्त्र भएपछि नोटहरुमा प्रतिकका चयनलाई महत्वपूर्ण रुपमा हेरियो । भारतीय नोटमा अंग्रेज राजाको चित्रलाई हटाएर महात्मा गान्धीको चित्र छाप्ने गरी डिजाइन बनाइयो । तर अन्त्यमा सारनाथ के सिंह र अशोक स्तम्भको तस्वीर राख्ने विषयमा आम सहमति बन्यो ।

सन् १५५४ मा दोश्रो पटक १,००० रुपैयाँ, ५,००० रुपैयाँ र १०,००० रुपैयाँको नोट सुरु गरियो । छैटौँ दशकको मन्दीको सुरुवातमा बचतको मापदण्डअनुसार १९६७ मा नोटहरुको आकार छोटो गरियो । रिजर्भ बैंकले सन् १९७२ मा २० रुपैयाँ र १९७५ मा ५० रुपैयाँको नोटको सुरुवात गर्यो । सन् १९४६ पछि १९७८ मा एकपटक फेरी ठूला नोटहरुको विमुद्रिकरण गरियो । अस्सीको दशकमा पर्ण रुपमा नयाँ नोटहरुको सेट जारी गरियो । ती नोटमा भारतीय विज्ञान र प्रविधिको विकास देखाइएको थियो । यसबाहेक २० रुपैयाँ र १० रुपैयाँको नोटमा कोणार्क चक्र र मोर को चित्र छापियो । सन् १९८७ मा महात्मा गान्धीको चित्रसहित ५०० रुपैयाँको नोट पहिलो पटक जारी भएको थियो । 

ic-3इतिहासका यत्रा कालखण्ड पारी गरि आएको भारतीय मुद्रा इतिहासमा नरेन्द्र मोदीको सरकारले गत नोभम्बरमा ५ सय र १ हजारका नोट ‘डिमोर्टिलाइज’ गरी नयाँ ५ सय र २ हजारका नोट चल्तीमा ल्याएको छ । श्रोत : टाइम्स अफ इन्डिया