Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुको ६ महिनाको नाफा २७.४३ अर्ब

२०८१ माघ ७ गते

बैंकिङ खबर/ हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको २७ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको पुसमा वाणिज्य बैंकहरुको नाफा २८ अर्ब ७६ करोड थियो ।

ब्याजको किस्ता नउठ्दा बैंकहरुले ऋण सुरक्षणका लागि कर्जा नोक्सानी व्यवस्थापनको खर्च बढाएका छन् । २० बैंकमध्ये ११ वटाको नाफा बढेको छ । बाँकी ९ को घटेको छ ।

सार्वजनिक विवरण अनुसार प्रभु बैंकको नाफा सबैभन्दा धेरै ८५.४९ प्रतिशतले वृद्धि भएको छ । धेरै नाफा गर्नेमा नबिल बैंक छ । नबिलले ३ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ । आर्थिक गतिविधि सुस्त भए पनि अधिकांश बैंकहरु असुलीमा सुधार गर्दा नाफा बढाउन सफल भएका छन।

एनआईसी एसिया, कुमारी, नेपाल, सिटिजन्स, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा खुम्चिएको छ ।

एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै ९२.०३ प्रतिशतले खुम्चिएको छ । पुस मसान्तसम्म बैंकले १५ करोड १७ लाख नाफा गरेको छ। अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ९० करोड नाफा गरेको थियो ।

कुन बैंकको नाफा कति ?

वाणिज्य बैंकहरू

२०८१/०८२ दोस्रो त्रैमाससम्मको
नाफा (रु.000)

२०८०/०८१ दोस्रो त्रैमाससम्मको
नाफा (रु.000)

नाफा फरक (प्रतिशत)

एनआइसी एसिया

१५१७३०

१९०३८०७

-९२.०३

प्रभु

१३३६१३८

७२०३४१

८५.४९

नेपाल इन्भेष्टमेन्ट मेगा

२८३२३२६

१८०१९४४

५७.१८

कुमारी

२७५७३०

८६७२११

-६८.२

ग्लोबल

३०५३४८९

२०४२३२९

४९.५१

एभरेष्ट

२०७४७६३

१७१३१४८

२१.११

हिमालयन

१५१८७७०

१५०३९७४

०.९८

एनएमबि

२००३५४०

१३७५९८७

४५.६१

नेपाल

४६१०१७

५९००५१

-२१.८७

लक्ष्मी सनराइज

११६२०७६

१०५९२१०

९.७१

सिटिजन्स

६६१८२८

७८२७८४

-१५.४५

नबिल

३२४४२७७

३२०३०७९

१.२९

प्राइम कमर्सियल

१८६९९५०

२१८२९२७

-१४.३४

सानिमा

११९२३११

११३८६१४

४.७२

कृषि विकास

९५७५४९

१३५५२७५

-२९.३५

नेपाल एसबिआई

९००२८१

८४०५४२

७.११

माछापुच्छ्रे

८०७३२७

८०५३८०

०.२४

राष्ट्रिय वाणिज्य

७६३०३३

२०१५३८८

-६२.१४

सिद्धार्थ

५३०२२९

११३६८२२

-५३.३६

स्टान्डर्ड चाटर्ड

१६४०६३०

१७२६४२८

-४.९७

औसत

२७४३६९९४

२८७६५२४१

-४.६२

स्रोत : बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण