January 2nd, 2025

कर्णाली विकास बैंकले फिर्ता गर्न थाल्यो निक्षेप रकम, अधिकतम २५ हजार मात्रै पाइने

बैंकिङ खबर/ कर्णाली विकास बैंकले निक्षेप रकम फिर्ता गर्न थालेको छ । नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएसँगै बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई रकम भुक्तानी गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार बैंकले बिहीबार बिरामी, वृद्धि र बालबालिकालाई औषधि प्रयोजनका लागि आवश्यक कागजात पेश गरेको आधारमा अधिकतम २५ हजार रुपैयाँका दरले निक्षेप भुक्तानी गर्ने भएको हो ।

बैंकले विभिन्न १६ वटा शाखा कार्यालयबाट बिहान ११ बजेदेखि भुक्रानी सुरु भएको जनाएको छ । संस्थाको तरलताको अवस्थाका आधारमा निक्षेप रकम भुक्तानीमा वृद्धि हुँदै जाने सूचनामा उल्लेख छ ।