Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलताः फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक

२०८१ पुष १७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरि ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार २१ दिनको लागि ४० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले १४ पुस आइतबार ७० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोलमा ल्याएको थियो । जसमा बैंकहरुले ६२ अर्ब ५ करोड लगानी गर्न तयार भएपछि सोही अनुसार राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत तरलता प्रशोचन गरेको थियो ।

बुधबार पुनस् ४० अर्ब तरलता प्रशोचनको लागि निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । उक्त उपकरणमा लगानी गर्ने बैंकले सावाँ र ब्याज १ माघमा फिर्ता पाउनेछन् ।