बैंकिङ खबर/ बैंक यस्तो वित्तीय संस्था हो, जहाँ मानिसहरुले आफ्ना धनराशी जम्मा गर्ने गर्दछन् । तथा आवश्यक पर्दा ऋणको रुपमा चल अचल पूँजी निकाल्न सक्दछन् । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकबाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । जनताले आफूले बैंकमा जम्मा गरेको धनराशी पुर्व निर्धारित बैंकिङ नियम पुरा गरि निकाल्न र पुनह राख्न पनि सक्दछन् ।
कसैलाइ कर्जा आबश्यक परेको खण्डमा आवश्यक प्रकृया पुरा गरी ऋण लिन सक्दछन् । विशेषत मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुन बमोजिम संगठित संस्थालाई बैंक भनिन्छ । प्रयोगात्मक नेपाली शब्दकोश २०६१ मा चाहेको बेला झिक्न पाउने गरी राखिदिने ब्याजमा ऋण दिने आदि आर्थिक कारोबार गर्ने संस्थालाइ बैंक भनिएको छ ।
नेपालमा बैंक सम्बन्धी केही तथ्यहरु
१. नेपाल राष्ट्र बैंकको स्थापना: वि.सं. २०१३ वैशाख, १४
२. प्रथम गभर्नर : हिमालय शमशेर जबरा(०७९/१०/२२मा मृत्यु)
३. हालका गभर्नर : महाप्रसाद अधिकारी
४. मौद्रिक नीति निर्धारक : नेपाल राष्ट्र बैंकले
५. नेपालको केन्द्रीय बैंक : नेपाल राष्ट्र बैंक
६. गभर्नरको पदावधि : ५ वर्ष
७. डेपुटी गभर्नरको संख्या : २ जना
८. डेपुटी गभर्नरको पदावधि : ५ वर्ष
९. नेरा बैंकको व्यवस्थापन समितिका अध्यक्ष : गभर्नर
१०. हाल प्रचलित नोटका(प्रकार)दर : ११
११. साबिकको राजाको फोटोको सट्टामा हाल : सगरमाथा
१२. नोटमा सगरमाथाको फोटो छाप्ने निर्णय : वि.सं. २०६४-०६-०६
१३. नेपालमा कागजी नोटको निष्कासन: वि.सं. २००२ असोज १ बाट
१४. ने.रा. बैंकबाट नोट निष्कासन : वि.सं. २०१६ फागुन ७ बाट
१५. अंग्रेजी/नेपाली भाषाको सिक्का निष्कासन: वि.सं. २०६३ साउन
१६. वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन : वि.सं. २०५७ मंसिर
१७. नेराबैंले नेपाल सरकार संग सम्पर्क : अर्थ मन्त्रालय मार्फत
१८. नेराबैंक स्थापना हुनु अघि : सदर मुलुकीखाना
१९. नेपाली मुद्रालाई नेरू लेख्न थालेको : वि.सं. २०१६ साउन, १४
२०. सदर मुलुकी खानाबाट प्रकाशित मुद्रालाई : Old Print
२१. नेराबैंकबाट प्रकाशित मुद्रालाई : New Print
२२. नेपालमा पोलिमर नोट प्रचलनमा : वि.सं. २०५९ असोज, १४
२३. नोट जारी गर्ने विभाग ; निर्गमन विभाग
२४. विसं २००२ मा प्रकाशित नोटमा हस्ताक्षरकर्ता : खजाञ्जी नरेन्द्रराज
२५. ग्रामीण विकास बैंकको स्थापना : वि.सं. २०४९
२६. राणाकालमा मुद्रा वानियमको कार्य : सराव खाना
२७. पहिलो वाणिज्य बैंक : नेपाल बैंक लिमिटेड
२८. नेपाल बैंक लिमिटेड स्थापना : वि.सं. १९९४ कार्तिक, ३०
२९. पहिलो विकास बिकास बैंक: नेपाल औद्योगिक विकास निगम
३०. दोस्रो वाणिज्य बैंक : राष्ट्रिय वाणिज्य बैंक
३१. राष्ट्रिय वाणिज्य बैंकको स्थापना : वि.सं. २०२२ माघ, १०
३२. कृषि विकास बैंकले क वर्गको ईजाजत प्राप्त : वि.सं. २०६२
३३. सबैभन्दा ठूलो वाणिज्य बैंक : राष्ट्रिय बाणिज्य बैंक
३४. नीजि क्षेत्रबाट निर्मित पहिलो वाणिज्य बैंक : लुम्बिनी बैंक लि.
३५. स्वदेशी र विदेशी लगानीमा निर्मित बैंक : नविल बैंक
३६. पहिलो क्षेत्रिय वाणिज्य बैंक : लुम्बिनी बैंक
३७. पहिलो वित्त कम्पनी : नेपाल आवास वित्त कम्पनी