बैंकिङ खबर/ बैंकिङ क्षेत्रमा झन् पछि झन् संकट चुलिन थालेको छ । बुधबार मात्रै कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषित भएको छ । केन्द्रीय बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकबाट राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गरेको हो ।
बैंकको व्यवस्थापनमा कैफियत देखिएको तथा खराबकर्जा ४१ प्रतिशतमथि पुगेको भन्दै राष्ट्र बैंकले यसअघि बैंकलाई समस्याग्रस्त उन्मुख घोषणा गरेको थियो ।
यो मात्रै होइन् । यसअघि पनि नेपाल बंगलादेश बैंक, नेपाल विकास बैंक, सेयर मार्केट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सजस्ता बैंक तथा वित्तीय संस्थाहरु यसैगरी समस्याग्रस्त घोषणा भएका थिए । ती मध्ये नेपाल बंगलादेश बैंक उक्सिएको थियो भने नेपाल विकास बैंकलाई एक वाणिज्य बैंकले प्राप्ति गरेको थियो । सेयर मार्केट फाइनान्स र क्यापिटल मर्चेन्ट अहिले पनि उक्सिन सकेका छैनन् ।
हाल अरू केही विकास बैंक र फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा पनि उच्च देखिन्छ । असोज मसान्तसम्म दुईवटा विकास बैंक र तीनवटा फाइनान्स कम्पनीको निष्क्रिय कर्जा १४ प्रतिशत नाघेको छ ।
निष्क्रिय कर्जा धेरै भएका संस्थाहरू
कम्पनी | निष्क्रिय कर्जा % | पछिल्लो सेयर मूल्य रुपैयाँ |
कर्णाली विकास बैंक | ४०.८५ | ८१० |
नारायणी डेभलपमेन्ट बैंक | ३४.८१ | ११५६.५० |
जानाकी फाइनान्स | ३४.६४ | ९२६ |
समृद्धि फाइनान्स | २३.४७ | ६५३ |
सप्तकोशी विकास बैंक | १४.७७ | ९६९ |
पोखरा फाइनान्स | १४.४४ | ६१८ |
गुहेश्वरी फाइनान्स | १३.५६ | ५७६ |
गोर्खाज फाइनान्स | १३.४५ | ६७५ |
निष्क्रिय कर्जालाई आधार मान्दा अरु पाँच वटा संस्था नारायणी डेभलपमेन्ट, जानकी फाइनान्स, समृद्धि फाइनान्स, सप्तकोशी विकास बैंक र पोखरा फाइनान्सले पनि कर्णालीलाई पछ्याएको देखिन्छ ।
गैरबैंकिङ सम्पत्ति व्यवस्थापनमा सकस
नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्म विकास बैंकहरूले सकार गरेको गैरबैंकिङ सम्पत्ति (एनबीए) बढेर तीन अर्ब ६४ करोड ९५ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब २६ करोड ४२ लाख ८० हजार रुपैयाँँ बढी हो । गत वर्ष सबै विकास बैंकहरूको कुल गैरबैंकिङ सम्पत्ति दुई अर्ब ३८ करोड ५२ लाख ७० हजार रुपैयाँ थियो ।
२०८१ कात्तिक मसान्तसम्म महालक्ष्मी विकास बैंकको गैरबैंकिङ सम्पत्ति ५९ करोड ५२ लाख ४० हजार रुपैयाँ पुगेको छ ।
जुन गत आर्थिक वर्ष (आव)को सोही अवधिमा महालक्ष्मीमा ५४ करोड ६५ लाख रुपैयाँँ रहेको थियो । क्षेत्रीयस्तरको नारायणी डेभलपमेन्ट बैंकको गैरबैंकिङ सम्पत्ति एक करोड ४२ लाख ८० हजार रुपैयाँँ छ । जुन गत आर्थिक वर्षमा शून्य थियो ।
साँग्रिला डेभलपमेन्ट बैंकको गैरबैंकिङ सम्पत्ति गत कात्तिकसम्म ३० करोड सात लाख ३० हजार रुपैयाँँ छ । जुन गत वर्ष सोही अवधिमा २७ करोड ५९ लाख ६० हजार रुपैयाँँ थियो ।
एक्सेल र मितेरी डेभलपमेन्ट बैंकको गैरबैंकिङ सम्पत्ति पनि क्रमशः १५ करोड ७४ लाख ७० हजार रुपैयाँ र दुई करोड २३ लाख ९० हजार रुपैयाँँ छ । गत वर्ष कात्तिकमा क्रमशः १५ करोड ७४ लाख ७० हजार रुपैयाँ र दुई करोड १६ लाख १० हजार रुपैयाँँ थियो ।
कात्तिक मसान्तसम्म मुक्तिनाथ विकास बैंकसँग ४३ करोड १६ लाख ५० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । जुन गत वर्ष कात्तिकमा २३ करोड ११ लाख ३० हजार रुपैयाँँ थियो ।
यसैगरी गरिमा विकास बैंकसँग २१ करोड ४७ लाख ३० हजार रुपैयाँँ गैरबैंकिङ सम्पत्ति छ । गत वर्ष १८ करोड ७२ लाख ७० हजार रुपैयाँँ थियो । कामना सेवा विकास बैंकको गैरबैंकिङ सम्पत्ति ३५ करोड २१ लाख ४० हजार रुपैयाँँ छ ।
जुन गत वर्ष ३३ करोड ४४ लाख ४० हजार रुपैयाँँ थियो । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकसँग ११ करोड ९१ लाख ३० हजार रुपैयाँँ गैरबैंकिङ सम्पत्ति छ । गत वर्ष १० करोड ८१ लाख ७० हजार रुपैयाँँ थियो ।
विकास बैंकहरूमध्येमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति ज्योति विकास बैंकसँग छ । ज्योति विकास बैंकसँग गत कात्तिकसम्म ८१ करोड ८८ लाख ३० हजार रुपैयाँँ गैरबैंकिङ सम्पत्ति छ ।
एक वर्षअघि यस्तो सम्पत्ति १६ करोड नौ लाख ७० हजार रुपैयाँँ थियो । शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा पनि पछिल्लो अवधिमा गैरबैंकिङ सम्पत्ति बढेर १९ करोड ७५ लाख ४० हजार रुपैयाँँ पुगेको छ ।
गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो सम्पत्ति नौ करोड तीन लाख ३० हजार रुपैयाँ रहेको थियो । लुम्बिनी विकास बैंकमा भने पछिल्लो समय गैरबैंकिङ सम्पत्ति घटेको छ ।
लुम्बिनीको गैरबैंकिङ सम्पत्ति १८ करोड ८० लाख १० हजार रुपैयाँँ रहेको छ । गत आवको सोही अवधिमा लुम्बिनीमा यस्तो सम्पत्ति २१ करोड ५८ लाख २० हजार रुपैयाँँ रहेको थियो ।
सिन्धु विकास बैंकमा भने पछिल्लो समय गैरबैंकिङ सम्पत्ति बढेर १३ करोड ६१ लाख ९० हजार रुपैयाँँ पुगेको छ । गत आवको सोही अवधिमा सिन्धुमा यस्तो सम्पत्ति पाँच करोड ३० लाख ३० हजार रुपैयाँँ रहेको थियो ।
साल्पा विकास बैंकमा पछिल्लो समय गैरबैंकिङ सम्पत्ति बढेर २२ लाख २० हजार रुपैयाँँ पुगेको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो सम्पत्ति शून्य रहेको थियो ।
सप्तकोशी डेभलपमेन्ट बैंकमा पनि चालू आवको कात्तिक मसान्तसम्ममा गैरबैंकिङ सम्पत्ति बढेर १० करोड ६६ लाख ८० हजार रुपैयाँँ पुगेको छ ।
गत आवको सोही अवधिमा सप्तकोशीमा यस्तो सम्पत्ति २४ लाख ९० हजार रुपैयाँ रहेको थियो ।
ग्रीन डेभलपलेन्ट बैंकमा पनि पछिल्लो अवधिमा ५१ लाख ४० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यो बैंकमा यस्तो सम्पत्ति शून्य रहेको थियो ।