December 30th, 2024

बैंक खाता : अर्थ र आवश्यकता

सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरुको नाममा रकम
राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । यो एक प्रकारको कारोबार विवरण हो ।

बैंकले सर्वसाधारणसँग निक्षेप (पैसा) लिँदा सम्बन्धित व्यक्तिको नाममा खाता खोल्दछ र सो खातामा रकम जम्मा गर्न र झिक्नका लागि सुविधा प्रदान गर्दछ । बैंक खाता खोलेपछि बचतकर्ता वा ग्राहकले रूपैयाँ जम्मा गर्ने भौचर, पास बुक र चेक बुक पाउँछन् ।

खातामा पैसा जम्मा गर्दा भौचर भरेर गरिन्छ । पास बुकमा ग्राहकले कारोबार गरेको विवरण बैंकले भरिदिन्छ भने पछिल्ला दिनहरुमा कम्प्युटरबाट कारोबार गर्ने यस्ता बैंक वित्तीय संस्थाहरुले पासबुकको  सट्टा आवश्यकता अनुसार बैंक स्टेटमेन्ट उपलब्ध गराउँदै आएका छन् ।

यसबाट आफ्नो कारोबार, खातामा रहेको पैसा, सो वापत आर्जित ब्याज, र ब्याज आर्जन वापत तिरेको कर रकमका बारेमा जानकारी मिल्दछ । चेक बुकबाट चेक खिचेर ग्राहकले आफ्नो खातामा जम्मा भएको मध्येबाट आफूलाई आवश्यक परे जति रकम झिक्न सक्दछ ।

बैंक खाताका प्रकार: खाता विभिन्न प्रकारका हुन्छन् । यीमध्ये चलनचल्तीमा रहेका खाताहरु चल्ती खाता, बचत खाता र मुद्दती खाता प्रमुख हुन् । बैंक तथा वित्तीय संस्थामा मूलतः देहाय बमोजिमका खाताहरु सञ्चालन गरिएका हुन्छन्:

चल्ती खाता

आफूले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ । यस खातामा राखेको पैसामा सामान्यतः ब्याज प्राप्त हुँदैन । उद्योगी, व्यापारी र कार्यालयहरुका लागि यो खाता बढी उपयोगी हुन्छ ।

बचत खाता

बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । यसका लागि बैंकले सीमा तोकेको हुन सक्छ । यस खाताको रकममा बैंकले निश्चित ब्याज प्रदान गर्दछ । सामान्यतया साना रकम जम्मा गर्दै जाने र आवश्यक परेको समयमा रकम निकालिरहनु पर्ने व्यक्तिका लागि यो खाता उपयोगी हुन्छ ।

सर्वसाधारण व्यक्तिहरुमाझ यस्तो खाता सर्वाधिक प्रचलनमा छ र लोकप्रिय समेत रहेको छ । पछिल्ला दिनहरुमा बचत खाताबाट झिक्न सकिने रकमको उच्चतम सीमा पनि बैंकहरुले क्रमिक रुपमा बढाउँदै लगेको पाइन्छ । विद्यार्थी, युवा, गृहणी, गृहस्थी, बूढाबूढीहरु सबैका लागि यो खाता उपयोगी हुन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा नेपाली नागरिकले व्यक्तिगत खाता खोल्दा देहायका विवरण तथा कागजातहरु दिनुपर्नेछ ।

(१) नाम, थर: लिङ्ग:
(२) जन्म मिति: राष्ट्रियताः
(३) स्थायी ठेगानाः जिल्ला……………
न.पा.-गा.पा…………….. वडा नं…. टोल÷गाँउ………..घर
नम्बर………… टेलिफोन नं………………
मोवाइल नं………………इमेल ठेगाना………………………
(४) हालको ठेगानाः जिल्ला………… न.पा.÷गा.पा…………….
वडा नं…. टोल-गाँउ………..घर
नम्बर………. टेलिफोन नं………………
मोवाइल नं……………..इमेल ठेगाना……………………….
(५) देहाय बमोजिमको न्यूनतम एक विवरण र सोको सम्पुष्टि
गर्ने कागजात
क. नागरिकता
नागरिकता नं………..जारी गर्ने जिल्ला……… जारी
मिति……………….
ख. राहदानी
राहदानी नं…….जारी गर्ने जिल्ला….. जारी मिति….. अन्तिम
मिति ………..
ग. मतदाता परिचयपत्र

परिचयपत्र नं…….जारी गर्ने निकाय………….जारी
मिति……………………
घ. सवारीचालक अनुमतिपत्र

अनुमतिपत्र नं……जारी गर्ने निकाय…..जारी मिति….
अन्तिम मिति ……….
(६) नावालकको हकमा
क. जन्म दर्ता प्रमाणपत्र वा नावालक परिचयपत्र
प्रमाणपत्र÷परिचयपत्र नं….. जारी गर्ने निकाय…..जारी
मिति……………….
ख. अभिभावक वा संरक्षकको नागरिकता÷राहदानी÷मतदाता
परिचयपत्र÷सवारीचालक अनुमतिपत्र
नम्बर….. जारी गर्ने निकाय……. जारी मिति….. अन्तिम
मिति …………..
(७) नागरिकता नलिएको नेपाली नागरिकको हकमा
क. गाउँपालिका वा महा÷उपमहा÷नगरपालिकाको सिफारिस
सिफारिस÷चलानी नं…..जारी गर्ने निकाय….. जारी
मिति……………………
(८) स्थायी लेखा नम्बर (उपलब्ध भएको÷अन्य निर्देशन बमोजिम आवश्यक भएको हकमा मात्र:

(९) आमाबाबु वा आमा वा बाबु मध्ये कुनै एकको पूरा नाम

(नोटः परिवारका अन्य सदस्यहरु (जस्तै पति-पत्नी, बाजे, छोरा, छोरी, बुहारी, दाइ, भाइ, विवाहित महिलाको हकमा ससुरा-सासू को विवरण बैंक तथा वित्तीय संस्थाले आवश्यक ठानेको खण्डमा लिन सक्नेछन् ।)

(१०) संलग्न रहेको पेसा-व्यवसायः (संस्थाको नाम, ठेगाना, सम्पर्क नं., पद, अनुमानित वार्षिक आम्दानी-पारिश्रमिक तथा अन्य विवरण)

(११) निवेदकले संलग्न गनुपर्ने कागजातहरुः

(अ) नागरिकता वा राहदानी वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्र वा स्थायी लेखा नम्बरको प्रमाणपत्र वा सरकारी, सार्वजनिक संस्था तथा संगठित संस्थाका नेपाली कर्मचारीको हकमा निजको कर्मचारी परिचयपत्र वा नेपाल सरकारबाट अनुदानप्राप्त विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयका
कर्मचारी, शिक्षक वा प्राध्यापकको हकमा निजको (कर्मचारी-शिक्षक-प्राध्यापक) परिचयपत्रको छविचित्र (आ)हालसालै खिचिएको पासपोर्ट साइजको फोटो

(१२) सम्बन्धित संस्थाले आवश्यक ठानेका अन्य विवरण तथा कागजातहरु ।

स्पष्टीकरणः

(१) घर नं., टेलिफोन नं., मोवाइल नं., इमेल ठेगाना, राहदानी, पेसा व्यवसाय, स्थायी लेखा नम्बर जस्ता विवरणहरु नभएका निवेदकको हकमा त्यस्ता विवरण उल्लेख गर्न अनिवार्य हुने छैन । तर सो विवरणहरु
आफूसँग नरहेको व्यहोरा स्वघोषणा गराउनु पर्नेछ ।

(२) यस निर्देशन बमोजिम बृहत ग्राहक पहिचान पद्धति अपनाउनुपर्ने ग्राहकहरुको हकमा भने एकाघर परिवारका सदस्यहरुको नागरिकता वा राहदानी वा
मतदाता परिचय–पत्र वा सवारी चालक अनुमतिपत्रको छबिचित्र (नावालकको हकमा परिचयपत्र) लिनु पर्नेछ ।

(३) शरणार्थीको हकमा नागरिकताको सट्टा नेपाल सरकार वा अन्य आधिकारिक निकायले दिएको परिचय–पत्रको छबिचित्रलाई आधार लिन सकिनेछ ।

(४) नावालकको संरक्षक भई खाता सञ्चालन गरिरहेको अवस्थामा सो नावालक वालिग भएपछि उक्त वालिगकै कागजात संलग्न गरी वालिगले नै खाता सञ्चालन गर्नुपर्नेछ ।

मुद्दती खातामा ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष र ५ वर्षसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । तर, सामान्यतया तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा बीचमा रकम आवश्यक पर्ने सम्भावना नभएको अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ ।

यस खातामा राखेको पैसाको ब्याजदर पनि बचत खाताको भन्दा केही बढी नै हुन्छ । बीचमा रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितो राखी बैंकहरुबाट कर्जा निकाल्न त मिल्छ तर अन्य खातामा जस्तो तुरून्तै रकम झिक्न नमिल्ने हुँदा रकम झिक्न केही समय लाग्ने हुन्छ । यसप्रकार ऋण लिँदा आफूले मुद्दती निक्षेपमा पाउने ब्याज दरभन्दा केही प्रतिशत बढी ब्याज बैंकलाई तिर्नुपर्ने हुन्छ ।

बैंकमा खाता खोल्नको लागि सामान्यतया नागरिकताको प्रमाणपत्र, फोटो, पूर्ण रुपले भरेको आवेदन फारम, आवश्यक न्यूनतम रकम, दस्तखत नमूना जस्ता विवरण आवश्यक पर्दछ । नाबालकको हकमा संरक्षकको हैसियतले अभिभावकको नागरिकता, फोटो, आवेदन फारममा दस्तखत आवश्यक पर्छ ।

यसका साथै खाता खोल्दा ग्राहकको पहिचान पूर्ण रुपमा झल्किने गरी पारिवारिक विवरण, बाबु बाजेको नाम जस्ता विवरण दिनुपर्ने व्यवस्था गरिएको छ ।यसको उद्देश्य सो ग्राहकका बारेमा बैंकलाई पूर्ण रुपमा जानकारी हुन सकोस् भन्ने हो ।