बैंकिङ खबर/ सेयरविज्ञ रविन्द्र भट्टराई यदी बैंक टाट पल्टेमा वा बन्द नै भएमा उसले आफ्नो लगानी पहिला फिर्ता पाउने वा लिने कुनै अधिकार नहुने बताउँछन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,’कर्णाली बिकास बैंक https://kdblnepal.com/ लाई नेपाल राष्ट्र बैंकले समस्या ग्रस्त घोषणा गरेको छ । यसको अर्थ यो बैंक टाट नै पल्टेको वा बन्द नै भएको भने हैन । यो बैंकमा निक्षेप राख्नेहरुले बुझ्नु पर्ने कुरा के हो भने यो बैंक निक्षेप तथा कर्जा सुरक्षण कोष (Deposit & Credit Guarantee Fund- https://dcgf.gov.np/)को सदस्य रहेको छ । निक्षेप तथा कर्जा सुरक्षण कोष भनेको बैंक डुवेको खन्डमा त्यहाँ पैसा जम्मा गर्ने हरुको पैसा फिर्ता गर्ने ग्यारेन्टि गर्न खुलेको संस्था हो । यसरी ग्यारेन्टि गर्न भने बैक तथा वित्तीय संस्था यो कोषको सदस्य भएको हुनुपर्छ । कर्णाली बिकास बैंक यो कोषको सदस्य भएका कारण यदि बैंकले सर्वसाधारण व्यक्तिले बैकमा राखेको निक्षेप फिर्ता दिन नसके ५ लाख सम्म रकम निक्षेप तथा कर्जा सुरक्षण कोषले फिर्ता दिने ग्यारेन्टि गरेको हुन्छ । पाँचलाख भन्दा बढीको भने ग्यारेन्टि हुँदैन । अर्कोतर्फ संस्था वा कम्पनीहरुले राखेको पैसा (निक्षेप)को भने कुनै ग्यारेन्टि गरिएको हुँदैन । व्यक्तिको भन्दा संस्थाको निक्षेपमा जहिले पनि बढी जोखिम हुन्छ। सेयरमा लगानी गर्नेका तर्फबाट हेर्ने हो भने सेयरधनी कम्पनीका मालिक हुन मालिक भएका नाताले यदि बैंक टाट नै पल्टेमा वा बन्द नै भएमा उसले आफ्नो लगानी पहिला फिर्ता पाउने वा लिने कुनै अधिकार हुँदैन । तिर्नुपर्ने सवै दायित्व भुक्तानी गरि सकेपछि कानुनत: उसको लगानी फिर्ता पाउने वा लिने अधिकार सबै भन्दा अन्तिममा हुन्छ र फिर्ता हुन्छ नै भन्ने कुनै निश्चितता हुँदैन। यसकारण पनि सेयरमा गरिने लगानी सबै भन्दा बढी जोखिमको विकल्पमा पर्छ । अमेरिकामा मात्र सन २००१ देखि २०२४ सम्म ५६७ वटा बैंक डुबेका थिए ।’