![](https://bankingkhabar.com/wp-content/uploads/2024/12/bankkk-chanlange.jpg)
विश्वव्यापीकरण, उदारिकरण, नयाँ प्रविधि, पूँजीको प्रभाव, मानविय दक्षता एवं ज्ञान तथा विश्व व्यापार सँग नेपाल आवद्ध भइसकेको छ । त्यसै कारणले नेपालमा बैंकिङ क्षेत्रमा दिन दुई गुणा र राच चार गुणा भने जस्तै गरी नयाँ–नयाँ चुनौतिहरु थपिर्द गइरको छ । हामीले बदलिदो विश्व परिवेसमा नेपालमा बैंकिङ क्षेत्रका विभिन्न चुनौतिहरुलाई केलाउने प्रयास गरेका छौं ।
१. तीब्र प्रतिस्पर्धा : आर्थिक उदारिकरणका विश्वव्यापीकरण र विश्व व्यापारको सदस्यताको प्रभावले गर्दा नेपालमा बैंकहरु खुल्न तीब्र प्रतिस्प्रर्धी एवं होडबाजीको कारणले बैंकिङ क्षेत्रमा तीब्र तथा अस्वस्थ प्रतिस्प्रर्धाको विकास भएको पाइन्छ । यसले गर्दा जोखिम एवै चुनौति थपिदै गएको छ ।
२. संस्थागत सुशासनको कमी : आजको दिनमा बैंकिङ क्षेत्रमा सबैभन्दा चुनौतिको रुपमा संस्थागत सुशासनमा कमी हुने रहेको छ । अधिक भिाते मूल्याङ्कन, कमशल भिातेमा कर्जा प्रवाह, एटीएम बाट रकम चोरी, रियल स्टेट क्षेत्रमा ठूलो लगानी, गुड फर पेमेन्ट चेकबाट लगानी, ठगी, जालसाजी आदी कार्यले गर्दा बैंकिङ क्षेत्रसामु ठूलो चुनौतिको जालसाजी आदि सुशासनका समस्या देखिएको छ ।
३. मानविय साधनको समस्या : आजको बैंकिङ क्षेत्रले सामना गर्नु परेको ठूलो समस्या तषा चुनौति असल तथा उपयुक्त मानव साधनको अभाव हुनु हो । राम्रो भन्दा हाम्रालाई प्राथमिकता दिने परिपाटी, कर्मचारीमा उत्प्रेरणाको अभाव, तलवमानमा ठूलो अन्तर, कमजोर व्यवस्थापन, श्रम सम्बध व्यवस्थापन प्रभावकारी नहुनु, दक्ष अनुभवी संसाधनो अभाव जस्ता चुनौति सामना गर्नु परेको छ ।
४. वित्तीय समावेशिकरणको समस्या : बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु सहर बजार तषा सुविधा सम्पन्न स्थानमा मात्र कृयाशिल हुनु, विपन्न तषा विकट भौगोलिक क्षेत्रमा शाखा तथा सेवा विस्तार न्यून रहेको पाइन्छ । कुल शहरी क्षेत्रको ९० प्रतिशत जनतामा विीय सेव ापुगेको अवस्थामा ग्रामिण इलाकामा कुल जनसंख्याको २७ प्रतिशत मात्रवित्तीय पहुँच पुग्नुले समावेशीकरणको मुद्दालाई उजागार गर्दछ ।
५. लगानी मैत्री वातावरणको अभाव : राजनैतिक अस्थिरता, हस्तक्षेप, राजनैतिक आडमा मौलाएको चन्दा आतङ्क, पूर्वाधार विकास नहुनु, उद्यमशिलताको अभाव, दक्ष जनशक्ति एवं पूँजी पलायन आदि कारणले लगानी मैत्री वातावरणको अभाव, यस क्षेत्रका एक प्रमुख चुनौतिको रुपमा खडा भएको छ ।
६. बैंकको वर्गिकरण अवास्तविक हुनु : बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ ले बैंक तथा वित्तीय क्षेत्रलाई तिनिहरुको कार्यका आधारमा क, ख, ग, र घ वर्गमा वर्गिकरण गरेको जुन अवास्तविक छ भने अर्कातिर लघुवित्त वित्तीय संस्था गरिवको हकहितलाई भए पनि कार्य प्रकृति र तौरतरिकाले क, ख, र ग वर्गको बैंकको जस्तो रहेको छ ।
७. तरलता व्यवस्थापनमा कठिनाई : बैंक तथा वित्तीय क्षेत्रमा तरलता व्यवस्था पनि प्रमुख चुनौतिको रुपमा देखा परेको छ । बातरम्बार देखा पर्ने तरलताको अधिकता र न्यूनताले वित्तीय क्षेत्रलाई अस्तव्यस्त बनाएको छ । तरलता कम हुँदा निक्षेप बढाउने चुनौति थपिएको छ भने बढी हुँदा लगानी योग्य पूँजी निष्क्रिय बस्ने कार्यले समग्र अर्थतन्त्रको लागत बढ्न र मागमा कमि आई अर्थतन्त्र ओरालो तिर जाने प्रवृति बढ्ने सम्भावना पनि देखिन्छ ।
८. ब्याजदर : नाफा कमाउनु मात्र बैंक तथा वित्तीय संस्थाहरुको एक मात्र उद्देश्य रहेकोले कर्जामा लिने र निक्षेपमा दिने ब्याजको अन्तर फराकिलो छ । जसका कारण ब्याजदर उच्च हुन जाँदा उद्योग व्यवसायको लागत बढ्न गई मुद्रास्फिति बढ्न जनाने सम्भावना पनि देखिन्छ ।
९. सूचना तथा प्रविधिको व्यवस्थापनमा कठिनाई : नयाँ नयाँ प्रविधिको विकासले नयाँ नयाँ बैंकिङवस्तुको विकास भएको छ । जसले गार्दा बैंकिङ क्षेत्रमा चुनौति थपिएको छ एसएमएस बैंकिङ, एटीएम सेवा, डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ आदि आधुनिक बैंकिङ सेवाको रुपमा सञ्चालन हुँदै आएको पाइन्छ । यस्तो सेवाहरुको व्यवस्थापन तथा प्रयोगमा ठूलो चुनौति थपिएको पाइन्छ । अझ नेपाल जस्ता विकासोन्मुख मुलुकहरुमा नयाँ नयाँ प्रविधिको प्रयोगलाई निरन्तरता दिन र मर्मत संभार खर्च गर्न तथा दक्ष कर्मचारीको व्यवूथापन गर्न थप चुनौतिको विषय बनिरहेको छ ।
१०. ऋण व्यवस्थापनमा कठिनाई : बैंक तथा वित्तीय क्षेत्रमा ऋण व्यवस्थापन ठूलो चुनौतिको रुपमा देखा परेको छ । प्रतिस्पर्धा उच्च हुनु, गुणात्मक ऋणको अंशमा वृद्धि नहुनु, ऋण लगानी गरिने परियोजनाको उचित विश्लेषण नगरिनु, क्षणिक नाफाको उद्देश्यले ऋण प्रदान गर्नु, लागत बढी हुनु, खराब कर्जाको मात्रा बढ्दै जाने लगायतका कारढाले गर्दा बैंकिङ क्षेत्रमा ऋण व्यवूथापन ठूलो चुनौतिको रुपमा रहेको छ ।
११. छायाँ बैंकिङको प्रभाव : कानून तथा नियमन बाहिरका कारोबारहरु जस्तै, ढुकुटी, हुन्डी आदिले बैंकिङ कारोबारमा चुनौतियोग्य कारोबारका रुपमा देखा परेको छ ।
१२. संकुचित लगानीको अवसर : नेपालको आर्थिक बजार सानो छ । प्रतिस्पर्धा उच्च रुपमा रहेको छ । साथै आर्थिक वृद्धिदर, रोजगारी र व्यवसायिक गतिविधि अत्यन्त सिमित मात्रामा सञ्चालन भएको छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा अत्यन्त साँघुरिएको छ । जुन बैंकिङ क्षेत्रका निम्ति एउटा चुनौतिको रुपमा रहेको छ ।