
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको कारबाहीप्रति चित्त नबुझि अदालत धाउने बैंकवित्त र कर्मचारीको संख्या बढ्दो छ । नीति निर्देशन उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले बैंकवित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीलाई कारबाही गर्दै आएको छ ।
राष्ट्र बैंकको बैंकको निर्देशन उल्लंघन गरेको कारण बैंक तथा वित्तीय संस्था र त्यसमा संलग्न पदाधिकारीहरूलाई गरिएको कारबाहीउपर चित्त नबुझी पुनरावेदन तथा राष्ट्र बैंकलाई विपक्षी बनाएर अदालत जानेको संख्या बढेको हो ।
आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्ममा मात्रै राष्ट्र बैंकविरुद्ध विभिन्न अदालतमा २०६ मुद्दा दायर भएका छन् । राष्ट्र बैंकका अनुसार चालु मुद्दा (जिल्लास्थित कार्यालयसँग सम्बन्धित समेत गरी) २०६ वटा मुद्दामध्ये ९६ वटा फैसला भएका छन् भने ३ वटा दामासाहीसम्बन्धी मुद्दा रहेका छन् ।
यस्तै, आव २०७९/८० मा कुल २४३ वटा मुद्दा राष्ट्र बैंकविरुद्ध दर्ता भएकोमा ६८ वटा फैसला भएका थिए । आव २०७८÷७९ मा कुल १९८ वटा मुद्दा दायर भएका थिए । राष्ट्र बैंकका अनुसार आव २०७७÷७८ मा राष्ट्र बैंकविरुद्ध १२९ वटा मुद्दा दर्ता भएका थिए भने २९ वटा मुद्दाको फैसला भएका थिए । आव २०७६/७७ मा ९५ वटा मुद्दा दर्ता भएकोमा ४० वटा मुद्दा फैसला भएका थिए भने आव २०७५/७६ मा ८९ वटा मुद्दा दर्ता भएकोमा ४६ वटा मुद्दाको फैसला भएको थियो ।
आव २०ं७४/७५ मा राष्ट्र बैंक विरुद्ध ८३ वटा मुद्दा दर्ता भएका थिए भने २३ वटा मुद्दाको फैसला भएका थिए । यस्तै, आव २०७३÷७४ मा विभिन्न अदालतमा ६६ मुद्दा दर्ता भएकोमा ३६ वटा मुद्दाको फैसला भइसकेको छ ।
