कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ ।
वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु
- तिर्नुपर्ने बिल (Bills Payable)
- बैंक ओभरड्राफ्ट ( Bank Overdraft)
- साहु ( Creditor)
- ऋण ( Loan)
- सुरक्षित कोष (Reserve Fund)
- पुँजी ( Capital)
- पुँजी फिर्ता (Drawings)
- खुद नाफा (Net Profit)
- खुद नोक्सान (Net Loss)
वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु
- नगद मौज्दात (Cash in Hand)
- बैंक मौज्दात ( Cash at Bank)
- भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable)
- आसामी (Debtor)
- फर्निचर (Furniture)
- मोटर ( Motar)
- लगानी (Investment)
- भवन, हाता र पर्खाल (Business Premises)
- अदृश्य सम्पतिहरु (Intangible Assets)
- सामानको अन्तिम मौज्दात (Closing Stock)
वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु
- अन्तिम मौज्दात (Closing Stock)
- पेस्की खर्च ( Prepaid Expenses)
- भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses)
- ह्रास ( Depreciation)