अर्थतन्त्रमा आएका विभिन्न शिथिलता घरजग्गाको कारोवार नहुनु एउटा पक्षले देखाएको छ भने सहकारी क्षेत्रमा देखिएको समस्या अर्र्को पक्षले देखाएको छ । यी दुइ कारण बाहेक अरु के के हुनसक्छन् कारणहरु ।
अहिले बैंकवित्तको व्याज निकै सस्तो छ । बैंकवित्तको व्याजदर अहिले करिव ८ देखि ९ प्रतिशतको हाराहारीमा छ । एकल विन्दुमा झरेको कर्जाको व्यादरले लगानीका लागि अत्यन्तै राम्रो संकेत गर्दछ । तथापि यो अबस्थामा पनि अर्थतन्त्र चलायमान देखिएको छैन ।
केन्द्रीय बैंकले अन्तर बैंक दर बढाउन पटकपटक तरलता खिच्दा पनि ब्याजदर झनै घटेको छ । आर्थिक गतिविधिमा आएको सुस्तताले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग कम छ । रेमिट्यान्स आप्रबाहमा आएको सुधारले वित्तीय प्राणलीमा निक्षेप बढेको अवस्था छ भने कर्जा लगानी स्थीर नै छ । त्यसले गर्दा पनि वित्तीय प्रणालीमा अधिक तरलताको समस्या गहिरिदै गएको छ । वित्तीय प्रणलीमा अधिक तरलता भएपछि अल्पकालिन ब्याजदरमा अस्वभाविक उतार चढाव आउने भएपछि केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन मार्फत तरलता खिच्ने र ब्याजदरलाई स्थायीत्व दिने काम गर्छ ।
तरलता व्यवस्थापन तथा व्याजदरको अस्वभाविक उतारचढाव नियन्त्रण गर्नका लागि केन्न्द्रीय बैंकले हालै ५० अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन गरेको छ । केन्द्रीय बैंकले माग गरेको ५० अर्बको निक्षेप संकलनका लागि बैंक वित्तीय संस्थाले ७१ अर्ब ८० करोड रुपैयाँ बरावरको आवेदन दिएका थिए । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले ब्याजदर घटेर केन्द्रीय बैंकले माग गरे भन्दा धेरैको आवेदन परेको थियो । यसले व्याजदर अझै घट्न सक्ने देखाउँछ ।
केन्द्रीय बैंकले ५० अर्बको निक्षेप लिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई उक्त निक्षेपको अधिकतम ब्याजदर ३.०१०० र न्यूनतम २.६९९९ प्रतिशत ब्याज दिएको छ । बिहीबारको निक्षेप संकलनको औसत ब्याजदर २.८४६३ प्रतिशत कायम भएको छ । यो औसत ब्याजदर यसअघिको भन्दा थोरै हो । यसअघि निष्कासन भएको निक्षेप संकलनको औसत ब्याजदर ३.०१६४ प्रतिशत कायम भएको थियो । पछिल्लो समयमा अन्तर बैंक दर करिडोरको तल्लो सीमा भन्दा कम छ ।